Friday, February 23

जीवनशैली

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल
जीवनशैली

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

फुङ्लिङ, १० कात्तिक (रासस): सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शे...
जीवनशैली

तिहारमा फुल र माला पाउनै मुस्किल

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना पूmल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किनुभयो ।” चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् । जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किनुभयो । “मखमली फूल...
भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय
जीवनशैली, स्वास्थ्य

भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय

सरकारले भेरोसेल लगाएकालाई बुस्टरको डोजका रूपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर/भेरोसेल खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । डब्लुएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसनले १ महिनाअघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो हुने बताएको थियो । यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो । त्यसैगरी, पहिलो मात्रा खोप लगाएकालाई...
परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना संक्रमण
जीवनशैली, समाचार

परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस संक्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा संक्रमण देखिन थालेको कमपाको भनाइ छ । कारोना बढेकाले नै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । संक्रमण बढे पनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामी नआएको र आए पनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन स्थल यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ । 'हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ',...
अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने
जीवनशैली, प्रविधि, मनाेरञ्जन

अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने

अन्तरिक्षमा विश्वको पहिलो फिल्म स्टुडियो निर्माण हुने भएको छ । स्पेस इन्टरटेनमेन्ट इन्टरप्राइज (एसईई)ले अन्तरिक्षमा फिल्म स्टुडियो बनाउन लागेको हो । आगामी केही वर्षमा वास्तविकतामा परिणत हुने एसईईले जनाएको छ । एसईईले यो शून्य गुरुत्वाकर्षणमा बन्ने विश्वको पहिलो मनोरञ्जन स्टुडियो हुने दाबी गरेको छ । साथै यसमा बहुउद्देश्यीय एरिना हुने दाबी पनि एसईईको छ । एसईई अभिनेता टम क्रुजको आगामी 'स्पेस चलचित्र' को सह-निर्माता पनि हो । एसईईले डिसेम्बर २०२४ सम्ममा स्पेस स्टेसन मोड्युल निर्माण गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत अन्तरिक्षमा कन्टेन्ट स्टुडियोसँगै खेलकुद र मनोरञ्जनका लागि पनि ठाउँ निर्माण गरिनेछ । एक समाचार एजेन्सीको रिपोर्टअनुसार एसईई-१ नामक यो मोड्युलले लो-अर्बिट, सूक्ष्म गुरुत्वाकर्षण वातावरणमा रचनात्मक काम गर्न चाहने कलाकार, निर्मातालगायतलाई सहयोग गर्ने छ । फिल्म स्टुडियोले उत्पादन,...
संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे
जीवनशैली

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ | रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ | ओमिक्रोन घाँटीमा रहने, त्यही रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो | न्यून रूपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो | सरकारसँग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडा-वडामा निःशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूल...
लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?
जीवनशैली

लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?

दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्काेमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ। एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। ‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन्। यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सि...
ड्यानी डेन्जोङ्पाबारे तपाईंलाई के थाहा छ ?
जीवनशैली, शिक्षा

ड्यानी डेन्जोङ्पाबारे तपाईंलाई के थाहा छ ?

बलिउड फिल्म खलनायकबिना अधुरो मानिन्छ । र, यो चलन ६० को दशकदेखि चल्दै आएको छ । खासगरी ८० र ९० को दशकमा खलनायकको चरित्र फिल्मको नायक जत्तिकै बलियो थियो । बलिउडमा धेरै ‘भिलेन’ छन् तर ड्यानी डेन्जोङ्पाको कुरा फरक छ । ८० र ९० को दशकका बलिउड फिल्ममा ड्यानी आफ्नो दमदार अभिनयले फिल्मका नायकलाई समेत आतंकित बनाइदिन्थे । फिल्मका नायकसँग कुटपिटदेखि तस्करीसम्म सबै काम फिल्ममा खलनायकले गर्थे । फिल्ममा डरलाग्दो रूपमा देखिने ड्यानी वास्तविक जीवनमा निकै साधारण व्यक्ति हुन् । को हुन् ड्यानी डेन्जोङ्पा ? ड्यानी डेन्जोङ्पाको जन्म २५ फेब्रुअरी १९४८ मा सिक्किमको युक्सममा भएको थियो । उनको पूरा नाम छिरिङ फिन्सो डेन्जोङ्पा हो । ड्यानी ‘भुटिया’ जातका हुन् र भुटिया उनको मातृभाषा पनि हो । उनले नैनीतालको 'बिर्ला विद्या मन्दिर' बाट विद्यालय शिक्षा हासिल गरे, उनले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट स्नातक गरेका छन्...
अब पढ्दै कमाउन सकिने, सरकारले जारी गर्‍यो कार्यविधि
जीवनशैली, समाचार

अब पढ्दै कमाउन सकिने, सरकारले जारी गर्‍यो कार्यविधि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ । प्रस्तावनाको मूल्यांकनका आधारमाा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ । अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपेको थियो ।...
ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?
जीवनशैली, शिक्षा, समाज

ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?

विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा बढिरहेको छ । कोरोना संक्रमणका कारण हाम्रो शरीरमा प्रोटिनको मात्र कम हुन जान्छ । जसका कारण हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन जान्छ । यस्तो अवस्थामा संक्रमणले हाम्रो शरीरलाई शिथिल बनाउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाबाट बच्न र कोरोना संक्रमणबाट छिट्टै निको हुन आफ्नो आहारमा प्रोटिन समावेश गर्नु निकै जरुरी छ । शरीरमा प्रोटिनको भूमिका प्रोटिन हाम्रो शरीरका लागि महत्त्वपूर्ण माइक्रोन्युटेसन हो । यसले हाम्रो कोशिकाहरू मर्मत गर्न र नयाँ कोशिकाहरू बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरमा प्रोटिनको कमीले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष असर गर्छ । अर्थात् प्रोटिन कम भए इम्युनिटी कम हुन्छ, प्रोटिन बढी भए इम्युनिटी पनि बढी हुन्छ । प्रोटिनको आवश्यकता कोरोना संक्रमणले पहिल्यैदेखि गम्भीर रोगबाट ग्रसित व्यक्तिमा बहु...