Wednesday, February 21

समाज

हल्का हिमपातको सम्भावना
समाज

हल्का हिमपातको सम्भावना

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई उच...
देशकै समृद्धि प्रदेश बन्ने लुम्बिनीको आधार
समाज

देशकै समृद्धि प्रदेश बन्ने लुम्बिनीको आधार

ई. शिव भट्टराई भौगोलिक स्थिति, पुरातात्विक महत्त्व तथा पर्यटकीय क्षेत्र, अन्तर्राष्ट्रिय पहुँच मार्ग मात्रै नभई हालसम्मको पूर्वाधार विकासलाई हेर्ने हो भने लुम्बिनी देशकै समृद्ध प्रदेश बन्ने आधार छन् । तर, अधिकांश सूचकमा यो प्रदेश चौथो र पाँचौ स्थानमा रहेको छ । मुख्यतय कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको यो प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याएर उद्योग कलकारखाना खोल्दा प्रतिस्पर्धी क्षमताका साथै बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । यो विचारमा लुम्बिनी अहिलेको परिदृश्य र भावी अवसरलाई केलाउन खोजेको छु । पृश्ठभूमि लुम्बिनी बर्दघाट पश्चिमको नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, पूर्वी रूकुम, दाङ,  बाँके र बर्दिया गरी १२ जिल्ला समावेश भएको प्रदेश हो । यस प्रदेशमा तराईमा ६ र पहाडमा ६ गरी १२ जिल्ला छन् । यस प्रदेशमा ४ उपमहानगर...
तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेश गराउन रोक
समाज

तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेश गराउन रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो। आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उनले बताए ।...
महावीरलाई बेलायतको विश्वविद्यालयमा सम्मान
समाज

महावीरलाई बेलायतको विश्वविद्यालयमा सम्मान

बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ। डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो। कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए। पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए। कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो।...
बालक अपहरण गरी हत्या, ७ जना पक्राउ
समाज

बालक अपहरण गरी हत्या, ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही २० चैतको राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए । आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टङ्याकीभित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफुन्तसँग १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट ती सातैजनाको...
अब संस्थागत श्रम स्वीकृति अनलाइनबाटै
समाज

अब संस्थागत श्रम स्वीकृति अनलाइनबाटै

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम मन्त्रालयले श्रम स्वीकृतिलाई फे...
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना
समाज

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । बिहीबार प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । ...
धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै कति समय लाग्ला ?
समाज

धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै कति समय लाग्ला ?

धरहरा चढेर काठमाडौं सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत ११ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ । उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । चौथो पटक थप समयको म...
सेनामा ४ हजार पदका लागि आवेदन खुल्यो
समाज

सेनामा ४ हजार पदका लागि आवेदन खुल्यो

जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी/जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएकाे छ । त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशा...
उपत्यकामा ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस
समाज

उपत्यकामा ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडाैं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा मध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएकाे छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । समितिले १ लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माणको गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाको नयाँ नगर विकास योजना स्वीकृत गर्ने सिफारिस गरेको छ । प्राधिकरणले पाँच वटा नगरपालिकाभित्र निर्माण हुने...