Monday, February 26

विश्व

चन्द्रमाबाट ल्याइएको नमूना खोल्न नासालाई किन ५० वर्ष लाग्यो ?
प्रविधि, विश्व

चन्द्रमाबाट ल्याइएको नमूना खोल्न नासालाई किन ५० वर्ष लाग्यो ?

यो 'नमूना ७३००१' डिसेम्बर १९७२ मा चन्द्रमाको वृष-लिट्रो उपत्यकाबाट लिइएको थियो। केवल दुई नमूनाहरू चन्द्रमामा भ्याकुम सील गरिएको थियो। ७३००१ ती मध्ये एक हो। नासाले विशेष उद्देश्यका लागि यसलाई खोल्न ५० वर्ष पर्खिएको हो । Table of Contentsअनुसन्धानका लागि पाँच दशकसम्म किन पर्खिनुपर्‍यो ?नमूना ७३००१ के हो ?चन्द्रमामा पहिरोको रहस्य समाधान हुनेछ! अमेरिकाको 'अपोलो कार्यक्रम' को उद्देश्य मानिसलाई चन्द्रमामा अवतरण गरी सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउनु थियो। यस कार्यक्रम अन्तर्गत, अपोलो ११, १२, १३, १५, १६ र १७ गरी ६ वटा मिसनहरूले आफ्नो लक्ष्यहरू पूरा गरे। यी मिसनहरूको सबैभन्दा उज्यालो अध्याय २० जुलाइ १९६९ को दिन थियो। सोही दिन अपोलो ११ मिसनमा गएका अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा पाइला राख्ने पहिलो मानव बने। दुवैले आफूसँगै चन्द्रमाको नमूना पनि पृथ्वीमा ल्याएका थ...
खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ
विश्व

खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ

रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथी आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ । युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक ...
डीएचएलको विमान आकस्मिक अवतरणका क्रममा टुक्रियो [भिडियो]
विश्व

डीएचएलको विमान आकस्मिक अवतरणका क्रममा टुक्रियो [भिडियो]

कार्गो कम्पनी डीएचएलको एउटा विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको छ । कोष्टारिकामा जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७५७ विमान दुर्घटनामा परेको हो । विमानको अवतरण भने सामान्य अवस्थामा भएको थियो । तर, धावनमार्गमा यु ट्रन लिने क्रममा विमान टुक्रिएको थियो । सामाजिक सञ्जामा पोस्ट गरिएका भिडियोमा विमान धावनमार्गबाट बाहिरएपछि टुक्रा परेको देखिन्छ । विमान दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । विमानमा चालक दलका सदस्य मात्र रहेका थिए । उनीहरू सकुशल रहेको डीएचएलले जनाएको छ । ग्वाटेमालाका लागि उडेको विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । उक्त समस्यापछि पाइलटले आकस्मिक अवतरण गराएका हुन् । कोष्टारिकाको नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्डा मुनोजले हाइड्रोलिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जानकारी दिएको एभिएसन स्रोसले बताएको ...
कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित
विश्व

कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित

कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, 'रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।' 'हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,' पेन्टागनका प्रवक्ता जोन किर्बीले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरे । 'पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,' उनले भने । रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै कीभ र चेर्निहिभबाट फौज फिर्ता भएको खबर आएको हो । अमेरिकी अधिकारीले अधिकारीले रुसी फौजहरू भविष्यमा कीभतर्फ फर्कन सक्ने सम्भावना टरिनस...
चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक
विश्व

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक

चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरी सहरको दुई करोड ५० लाख जनसंख्यामा लागू गरेको छ । साङ्घाइमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । साङ्घाइमा देखिएको कोभिड–१९ संक्रमणदर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्रसमेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस संक्रमणको नयाँ लहरसँग संघर्षरत छ । अधिकारीहरूले कोरोनाभाइरसको संक्रमणदर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् । साङ्घाईले...
इन्धनको मूल्यबारे प्रश्‍न सोध्दा पत्रकारमाथि भड्किए रामदेव [भिडियो]
विश्व, समाचार

इन्धनको मूल्यबारे प्रश्‍न सोध्दा पत्रकारमाथि भड्किए रामदेव [भिडियो]

योग गुरु रामदेव एक पत्रकारले तेलको मूल्यबारे सोधेको प्रश्‍नमा आक्रोशित हुँदै धम्की दिएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । योग गुरु रामदेव हरियाणाको कर्नालमा एक कार्यक्रममा मुद्रास्फीतिबारे बोल्दै थिए, त्यति नै बेला एक पत्रकारले उनको पुरानो भनाइलाई आधार बनाएर प्रश्‍न सोधेका थिए । रामदेवले युपीए–२ सरकारको समयमा एउटा वक्तव्य दिएका थिए, जसमा उनले देशमा पेट्रोल प्रतिलिटर ४० रुपैयाँ र ग्यास सिलिन्डर ३ सय रुपैयाँ हुनुपर्ने बताएका थिए । यो भनाइमाथि प्रश्न गरेपछि रामदेव पत्रकारमाथि आक्रोशित भएका हुन् । रामदेवले के भने ? रामदेवले मुद्रास्फीतिबारे बोल्दै मानिसहरूलाई कडा मेहनत गर्न सल्लाह दिइरहेका थिए। ‘सरकारले तेलको भाउ कम भयो भने क उठ्दैन भनेको छ, कर नउठे देश कसरी चल्छ र सेनालाई कसरी पैसा दिने, सडक-विमानस्थल कसरी बनाउने । दुवै पक्ष छन्' उनले भने, 'महँगी कम गर्नु छ भने अ...
वर्महोलमा साइबर हमला, चोरियो ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी
विश्व

वर्महोलमा साइबर हमला, चोरियो ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी

साइबर अपराधीको पहिलो रोजाइ क्रिप्टो क्षेत्र बनेको छ । विगत ६ महिनाको तथ्यांक हेर्दा धेरै ठूला क्रिप्टो फर्महरू साइबर आक्रमणमा परेका छन् । अहिले वर्महोल नामको क्रिप्टो फर्ममा ठूलो साइबर हमला भएको छ । यो साइबर हमलामा ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी भएको बताइएको छ । कम्पनीले ट्विटरमार्फत यस ह्याकिङमा इथर क्रिप्टो चोरी भएको पुष्टि गरेको छ । कम्पनीले जुन लुप होल प्रयोग गरी ह्याकिङ भएको हो त्यो अब समाधान भइसकेको जनाएको छ । ह्याकरका बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । वर्महोल पोर्टलले मानिसहरूलाई एउटा क्रिप्टोकरेन्सीबाट अर्कोमा साट्ने सुविधा दिन्छ । वर्महोल इथेरियममा आधारित स्मार्ट कन्ट्रयाक्समा आधारित रहेर काम गर्दछ । त्यस्ता पोर्टलहरूलाई ब्लकचेन ब्रिज भनिन्छ । वर्महोलले ह्याकरसँग सम्झौता गर्न तयार रहेको बताएको छ । कम्पनीले सम्पूर्ण क्रिप्टोकरेन्सी फिर्ता गर्न १ करोड डलर...
हरिद्वारमा ‘मकर संक्रान्ति स्‍नान’ गर्न रोक
विश्व

हरिद्वारमा ‘मकर संक्रान्ति स्‍नान’ गर्न रोक

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लिएर भारतको उत्तराखण्डको हरिद्वार जिल्लामा कडा प्रतिबन्दका नियम लागू गरिएको छ । कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेपछि हरिद्वारमा १४ जनावरीमा हुने मकर संक्रान्ति स्नानमाथि पनि रोक लगाइएको छ । जिल्ला अधिकारी विनय शंकर पाण्डेले एक विज्ञप्ति जारी गर्दै १४ जनावरीका दिन बाहिरबाट कुनै पनि व्यक्तिलाई जिल्लामा प्रवेश गर्न नदिइने पनि स्पष्ट पारेका छन् । यसका साथै जिल्लामा रात्रिकालीन कर्फ्यू पनि जारी रहने छ । यदि सर्वसाधारणले आदेश उल्लंघन गरेको पाइए कारबाही गरिने जनाइएको छ ।...
भारतमा लागू भयो विदेशबाट आएकालाई सातदिने होम क्वारेन्टाइन
विश्व, समाज

भारतमा लागू भयो विदेशबाट आएकालाई सातदिने होम क्वारेन्टाइन

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको संक्रमण अत्यधिक बढेको छ । 'विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत संक्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सवैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनम...
बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो
विश्व

बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ । मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्यांकअनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूमपान गर्नेहरूको संख्या ७३ हजारले घटेको छ । दोस्रो व्यक्तिले गरेको धूमपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्यांकमा उल्लेख छ । धूमपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ । बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूमपान निषेध गरेको हो ।...