Friday, February 23

स्वास्थ्य

नेपालमा वायु प्रदूषणले ज्यान गुमाउँने बढ्दै
स्वास्थ्य

नेपालमा वायु प्रदूषणले ज्यान गुमाउँने बढ्दै

नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वमा हरेक दश जनामध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने गरेको र हरेक वर्ष ७० लाख मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा बाँचिरहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको पाइएको छ । नेपालमा मात्रै सूर्तीजन्य पदार्थको सेवनबाट हुने रोगबाट २७ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरूको मृत्य...
यी आदत, जसले ‘हार्टअट्याक’ हुन दिँदैन
शिक्षा, स्वास्थ्य

यी आदत, जसले ‘हार्टअट्याक’ हुन दिँदैन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् । हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्स...
पुरुषको यौन स्वास्थ्यमा कोरोना भाइरसको गम्भीर प्रभाव
स्वास्थ्य

पुरुषको यौन स्वास्थ्यमा कोरोना भाइरसको गम्भीर प्रभाव

प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ।  यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ। टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका  मामिला बढेको छ। यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको छ। यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्ट्रेट, लिङ्ग, तथा टेस्टिकल्समा इनफेक्शन भएको २ हप्ता पछि सार्स-सीओवी-२ भाइरसका अवशेष पाइएको छ। १४ दिन पछि...
३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप
स्वास्थ्य

३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको खोप दिने लक्ष्य रहेको छ । हालसम्म ९ हजार ८ सय ४५ जनाले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । १९ हजार २ सय ६१ जनालाई बुस्टर डोज लगाउन बाँकी रहेको छ । गएको माघ ३ गतेदेखि जिल्लामा कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा जिल्लामा अग्रपंतिमा रहेकालाई बुस्टर डोजको खोप लगाइएको थियो । क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई लगाउन थालिएको थियो । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएको ६ महिना पुरा भएका नागरिकले बुस्टर डोजको खोप लगाउन पाउँछन्...
भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय
जीवनशैली, स्वास्थ्य

भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय

सरकारले भेरोसेल लगाएकालाई बुस्टरको डोजका रूपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर/भेरोसेल खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । डब्लुएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसनले १ महिनाअघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो हुने बताएको थियो । यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो । त्यसैगरी, पहिलो मात्रा खोप लगाएकालाई...
स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह
स्वास्थ्य

स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह

मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ–आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा स्वास्थ्यमापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो । जिल्लाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्डपालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो । सबै स्थानीय तहले आ–आफ्नो पालिकामा वृहदरूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारीरूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ । कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पू...
ओमिक्रोन संक्रमितलाई बुस्टर डोज कत्तिको लाभदायक छ?
स्वास्थ्य

ओमिक्रोन संक्रमितलाई बुस्टर डोज कत्तिको लाभदायक छ?

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले तत्काल चलन चल्तीमा रहेका खोपहरूको प्रभावलाई कम गरेको आशंकापछि बुस्टर डोज लगाउने माग भइरहेको छ । विश्वका धेरै देशहरूले बुस्टर डोज दिन थालेका छन् । नेपालमा पति अग्रपंक्तिमा खटिने र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई तेस्रो डोज दिने तयारी भइरहेको छ । तर, धेरै विज्ञहरूले कोरोनाको हरेक नयाँ भेरियन्टका लागि छ/छ महिनामा बुस्टर डोज दिन सम्भव नभएको बताएका छन् । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हरेक चारदेखि छ महिनामा सम्पूर्ण विश्वलाई खोप लगाउन नसकिने बताउँछन् । उनीहरूको भनाइमा यो न दीर्घकालीन छ न किफायती । अनुसन्धानकर्ताहरूले सबैलाई बुस्टर डोज दिनुको सट्टा संवेदनशील मानिसलाई मात्र दिनुपर्ने सुझाव दिन्छन् । अमेरिकी विज्ञ डा. एडवर्ड रायन भन्छन्, ‘जबसम्म हामीले मानिसलाई बुस्टर डोज दिन्छौं, त्योभन्दा अगाडि नै ओमिक्रोनको प्रकोप समाप्त भइसकेको हुन्छ ।'...
खोप लगाएपछि पनि किन बढ्यो कोरोना संक्रमण ?
जीवनशैली, स्वास्थ्य

खोप लगाएपछि पनि किन बढ्यो कोरोना संक्रमण ?

पछिल्लो समय कोरोना भाइरसविरुद्ध खोप लगाइएका मानिसहरूमा पनि संक्रमणका घटना बढेका छन् । यस्तो अवस्थामा व्यापक रूपमा प्रश्न उठ्न सक्छ किन यस्तो भइरहेको छ र कि खोपले त काम गरिरहेको छैन ? यसका तीन वटा कारणहरू छन्, जसबाट यो अवस्थामा बुझ्न सकिन्छ : कारण एक : क्रिसमस र नयाँ वर्षमा विशेष गरी पश्चिमी देशहरूमा मानिसहरूसँगै मनाउँछन् । हामी चाडपर्वमा मानिसहरूसँग अन्तरक्रिया गर्छौं । यसले कोरोना फैलिने खतरा बढेको छ । संक्रमितको सम्पर्कमा आएका मानिसहरू संक्रमित हुन थालेका छन् । त्यस्तै, भारतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किने बढेका छन् । उनीहरूसँगै कोरोना नेपाल भित्रिन थालेको हो । त्यसले गाउँगाउँमा संक्रमण फैलिने खतरा बढाएको छ । दोस्रो कारणः विश्वभर कोरोनाको खोप उपलब्ध भएको झण्डै एक वर्ष भयो । विज्ञहरूले यो भ्याक्सिनको प्रभाव सधैँभरि नरहने यसअघि पनि बताइसकेका छन् । चिकित्सकहरू समय बि...
ओमिक्रोनको त्रास बढ्दै, यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता
जीवनशैली, स्वास्थ्य

ओमिक्रोनको त्रास बढ्दै, यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भारतमा कोरोना नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर तीव्र भएपछि मानिसहरू नेपाल फर्किन थालेका छन् ।  घर फर्किँदा धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । जसले ग्रामीण क्षेत्रमा कोरोनाको दर बढ्न डर पैदा भएको छ । यसकारण यात्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संयोजक डा. शेरबहादुर पुनका अनुसार यस्तोबेला स्वास्थ्य सतर्कतामा ध्यान दिनुपर्छ । चिसो मौसममा रुघाखोकी लगायतका समस्या देखिने भएकाले सतर्क रहनुपर्ने उनको भनाइ छ । बच्ने उपाय काम नपरी घर बाहिर ननिस्कने । निस्कनै परे अनिवार्य मास्क लगाउने । अनावश्यक जमघट नगर्ने । भिडभाडको भएको ठाँउमा सकेसम्म नजाने । एक अर्काको बीचमा कम्तिमा दुई मिटरको दुरी राख्ने । बेलाबेला साबुन पानीले हात धोइरहने । स्यानिटाइजरको प्रयोग गर्...
ओमिक्रोन त्रास : खोप नलिएकालाई जोखिम कति ?
जीवनशैली, समाज, स्वास्थ्य

ओमिक्रोन त्रास : खोप नलिएकालाई जोखिम कति ?

नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्। यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताएका छन्। नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सु...