Wednesday, February 21

शिक्षा

यी आदत, जसले ‘हार्टअट्याक’ हुन दिँदैन
शिक्षा, स्वास्थ्य

यी आदत, जसले ‘हार्टअट्याक’ हुन दिँदैन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् । हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्स...
बोनस र हकप्रद सेयरबीच फरक
अर्थ, शिक्षा

बोनस र हकप्रद सेयरबीच फरक

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ । विद्यमान सेयरधनीको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरूलाई समानुपातिक रूपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ । बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ । हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।...
हिटर, गिजर र कोइला बाल्दा अपनाउनुहोस् यी सावधानी
शिक्षा

हिटर, गिजर र कोइला बाल्दा अपनाउनुहोस् यी सावधानी

जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिन्छ । यसो गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔँः - हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गरौँ - कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ - आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ - आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ - हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ - सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ - गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गरौँ‍ ‍- गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने नगरौँ...
ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्
शिक्षा

ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्

१. ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ? ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ । २. के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक छ ? यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ । तर, यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ । ३. के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन् ? ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन । ४. पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको सं...
ड्यानी डेन्जोङ्पाबारे तपाईंलाई के थाहा छ ?
जीवनशैली, शिक्षा

ड्यानी डेन्जोङ्पाबारे तपाईंलाई के थाहा छ ?

बलिउड फिल्म खलनायकबिना अधुरो मानिन्छ । र, यो चलन ६० को दशकदेखि चल्दै आएको छ । खासगरी ८० र ९० को दशकमा खलनायकको चरित्र फिल्मको नायक जत्तिकै बलियो थियो । बलिउडमा धेरै ‘भिलेन’ छन् तर ड्यानी डेन्जोङ्पाको कुरा फरक छ । ८० र ९० को दशकका बलिउड फिल्ममा ड्यानी आफ्नो दमदार अभिनयले फिल्मका नायकलाई समेत आतंकित बनाइदिन्थे । फिल्मका नायकसँग कुटपिटदेखि तस्करीसम्म सबै काम फिल्ममा खलनायकले गर्थे । फिल्ममा डरलाग्दो रूपमा देखिने ड्यानी वास्तविक जीवनमा निकै साधारण व्यक्ति हुन् । को हुन् ड्यानी डेन्जोङ्पा ? ड्यानी डेन्जोङ्पाको जन्म २५ फेब्रुअरी १९४८ मा सिक्किमको युक्सममा भएको थियो । उनको पूरा नाम छिरिङ फिन्सो डेन्जोङ्पा हो । ड्यानी ‘भुटिया’ जातका हुन् र भुटिया उनको मातृभाषा पनि हो । उनले नैनीतालको 'बिर्ला विद्या मन्दिर' बाट विद्यालय शिक्षा हासिल गरे, उनले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट स्नातक गरेका छन्...
ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?
जीवनशैली, शिक्षा, समाज

ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?

विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा बढिरहेको छ । कोरोना संक्रमणका कारण हाम्रो शरीरमा प्रोटिनको मात्र कम हुन जान्छ । जसका कारण हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन जान्छ । यस्तो अवस्थामा संक्रमणले हाम्रो शरीरलाई शिथिल बनाउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाबाट बच्न र कोरोना संक्रमणबाट छिट्टै निको हुन आफ्नो आहारमा प्रोटिन समावेश गर्नु निकै जरुरी छ । शरीरमा प्रोटिनको भूमिका प्रोटिन हाम्रो शरीरका लागि महत्त्वपूर्ण माइक्रोन्युटेसन हो । यसले हाम्रो कोशिकाहरू मर्मत गर्न र नयाँ कोशिकाहरू बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरमा प्रोटिनको कमीले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष असर गर्छ । अर्थात् प्रोटिन कम भए इम्युनिटी कम हुन्छ, प्रोटिन बढी भए इम्युनिटी पनि बढी हुन्छ । प्रोटिनको आवश्यकता कोरोना संक्रमणले पहिल्यैदेखि गम्भीर रोगबाट ग्रसित व्यक्तिमा बहु...
ओमिक्रोन : संक्रमणबाट छिट्टै निको हुन अपनाउनुहोस् ५ टिप्स
जीवनशैली, शिक्षा

ओमिक्रोन : संक्रमणबाट छिट्टै निको हुन अपनाउनुहोस् ५ टिप्स

ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाका संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । ओमिक्रोम भेरियन्ट निकै संक्रामक रहेको डब्लुएचओले पनि जनाएको छ । उसले संक्रमणको अर्को सुनामी आउन सक्ने भन्दै सचेत गराएको छ ।  यस्तो अवस्थामा कोरोनाबाट छिट्टै निको हुने उपायबारे हामी सबै सोच्नै पर्छ । साथै, भविष्यमा लामो समयसम्म रहिरहन सक्ने कोभिडको जोखिम कम गर्न यी ५ टिप्सहरू पालना गर्नु महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्नुहोस् कोरोनाबाट छिट्टै निको हुन चाहनुहुन्छ भने पर्याप्त पानी पिउनुपर्छ । अस्ट्रेलियाका वैज्ञानिक रोबर्ट बोए भन्छन् कि हाइड्रेटेड रहँदा शरीरलाई कोरोनाबाट निको हुन मद्दत गर्छ । जसले गर्दा शरीरको काम ठीकसँग हुन्छ । आराम गर्नुहोस् कुनै पनि रोगबाट मुक्त आवश्यक हुन्छ उचित आराम । कोरोनापछि शरीरलाई अधिकतम आराम दिन चिकित्सकले सुझाव दिएका छन् । त्यसैले यो सल्लाहलाई बेवास्ता नगर्नुहोस् । य...
ओमिक्रोन भेरियन्टका लक्षणहरू के-के हुन् ?
शिक्षा

ओमिक्रोन भेरियन्टका लक्षणहरू के-के हुन् ?

इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार अझै पनि सामान्य कोरोना लक्षणहरूबारे सतर्क रहनु आवश्यक छ । लगातारको खोकी उच्च ज्वरो गन्ध र स्वाद थाहा नहुनु तर, केही व्यक्तिहरूको लागि कोरोनाका कारण टाउको दुखाइ, घाँटी दुखाइ र नाक बग्ने जस्ता लक्षणका साथै 'चिसो-चिसो' महसुस हुने लक्षण देखिन सक्छ । ओमिक्रोन संक्रमण हुँदा अहिलेसम्म भेटिएका मुख्य पाँच लक्षणहरू पातलो सिगान आउने टाउको दुख्ने थकान महसुस (हल्का वा गम्भीर) हाच्छिउँ आउने घाँटी दुख्ने यदि तपाईलाई कोविड छ जस्तो लाग्छ भने तपाईले तुरुन्तै परीक्षण गराउनुपर्छ । कतिपय मानिसहरू आफैँलाई धेरै बिरामी महसुस नगर्न सक्छन्, तर तिनीहरूले अरूलाई जोखिममा पार्न सक्छन् ।...
गर्भावस्थामा कति र के खाने ?
जीवनशैली, शिक्षा

गर्भावस्थामा कति र के खाने ?

गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा अधिकांश महिलालाई थाहा हुँदैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले यही कुरालाई औंल्याउँछ । सर्वेक्षणमा आमा बन्ने महिलामध्ये एक तिहाइलाई मात्रै यस प्रश्नको सही जवाफ थाहा भएको पाइएको छ । बेलायतको स्वास्थ्य अनुगमन एजेन्सी ‘नाइस’को सल्लाहअनुसार महिलालाई गर्भावस्थाको पहिलो छ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन । तर, गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । जैतुनको तेलमा पकाएको दुई रोटीमा यति क्यालोरी पाइन्छ । गर्भमा रहेको बच्चाको लागि... नेसनल च्यारिटी पार्टनरसिपले गर्भवती महिलाले आफ्नो खानेकुराको बारेमा जानकारी नपाएको बताएको छ । सर्वेक्षणमा भाग लिने २ हजार १०० महिलामध्ये एक तिहाइले गर्भावस्थामा प्रतिदिन ३०० क्यालोरी वा सोभन्दा बढी उपभोग गर्नुपर्छ भन्ने विश्वास गरेका थिए ।...
सुत्नअघि मनतातो पानी पिउँदाका फाइदा
जीवनशैली, शिक्षा

सुत्नअघि मनतातो पानी पिउँदाका फाइदा

शरीरलाई स्वस्थ राख्न सबैलाई बढीभन्दा बढी पानी पिउने सल्लाह दिइन्छ । यदि पानीलाई मनतातो बनाएर पिउने हो भने यसको फाइदा धेरै गुणा बढ्न जान्छ । पानीले शरीरलाई हाइड्रेटेड राख्नुका साथै पिसाब बढाउँछ, जसले शरीरबाट अनावश्यक विषाक्त पदार्थ बाहिर निकाल्छ । स्वास्थ्य विज्ञहरूका अनुसार राति सुत्नुअघि दैनिक मनतातो पानी पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा पुग्छ । अध्ययनका अनुसार सबै मानिसले चिसो पानीको सट्टा मनतातो पानी पिउने बानी बसाल्नु पर्छ । राति सुत्नुअघि १ गिलास मनतातो पानी पिउनाले धेरै स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । दुखाइ कम गर्न मद्दत राति सुत्नुअघि मनतातो पानी पिउनाले शरीर हाइड्रेटेड रहन्छ र रक्तसञ्चारमा सुधार आउँछ । यसले कोशिकाहरूलाई पोषण प्रदान गर्दछ र शरीरलाई भित्रबाट ताजा बनाउन कोशिकाहरूबाट विषाक्त पदार्थहरू हटाउन पनि सहयोगी मानिन्छ । अध्ययनहरूले देखाएअनुसार सुत्नुअघि मनतातो पानी पि...