Wednesday, February 21

खेलकुद

महिला बिच भलिबल : पुलिस र लुम्बिनीबीच उपाधी भिडन्त
खेलकुद

महिला बिच भलिबल : पुलिस र लुम्बिनीबीच उपाधी भिडन्त

विभागीय नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सञ्जय स्मृति राष्ट्रिय महिलाबीच भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको दुई फरक खेलमा विजयी हुँदै पुलिस र लुम्बिनी फाइनल प्रवेश गरेका हुन् । पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा भएको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २१–१९, २१–९ ले पराजित गर्‍यो । यता, पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो सेटमा हरायो । प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको पुलिसले उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
प्रिन्स र रशिला च्याम्पियन
खेलकुद

प्रिन्स र रशिला च्याम्पियन

२५ चैत, काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१-१५ र २१-१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१-१३ र २१-१३ ले हराइन् । यु–१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०-२२, २१-१० र २१-८ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दको चुनौती २१–७ र २१–९ ले पन्छाइन् ।. पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे । मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु...
कैलालीको टीकापुरका आकाश रावल बने बेलायती क्रिकेट क्लबको प्रशिक्षक
खेलकुद

कैलालीको टीकापुरका आकाश रावल बने बेलायती क्रिकेट क्लबको प्रशिक्षक

बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो । डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ । नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट 'योङ प्लेयर अफ दी इयर' को टाइटल जितेका थिए । उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने ख...
एएफसी कप : ब्लु स्टारको सामना गर्दै मछिन्द्र
खेलकुद

एएफसी कप : ब्लु स्टारको सामना गर्दै मछिन्द्र

एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । 'ए' डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । खेलअघि कन्सर्ट हुने आयोजकले जनाएको छ । यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ । खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्यतर्फ ५ सय राखिएको छ । ...
अपराजित रहँदै नेपालले जित्यो त्रिदेशीय शृंखलाको उपाधि
खेलकुद

अपराजित रहँदै नेपालले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष...
ब्याडमिन्टनको सेमिफाइनलमा दीपेश, जीवन, प्रीन्स र विष्णु
खेलकुद

ब्याडमिन्टनको सेमिफाइनलमा दीपेश, जीवन, प्रीन्स र विष्णु

एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्ररहीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा विष्णुले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१८ र २१–१५ ले पराजित गरे । महिला सिंगल्समा आर्मीकी अमिता गिरीले आर्मीकै प्राथना देउवालाई २१–१४, १३–२१ र २१–११, आर्मीकी रशिला महर्जनले भोजपुरकी सीता राईलाई २१–१६ र १६–५ (रिटायर्ड हर्ट), प्रहरीकी निता लम्सालले एपीएफकी जेशिका गुरुङलाई २१–१२ र २१–१४ तथा आर्मीकी अनुमाया राईले एपीएफकी सुनयना मुखियाँलाई २१–१५, १८–२१ र २१–१७ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१५ ब्वाइज सिंगल्समा क...
प्रिन्स दाहाल बन्जारा एग्रोको ब्रान्ड एम्बेसडर
खेलकुद

प्रिन्स दाहाल बन्जारा एग्रोको ब्रान्ड एम्बेसडर

नेपालमा पहिलोपटक कृषि उत्पादनको प्रचारप्रसारका लागि खेलाडीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्ने प्रचलन आजदेखि यहाँ सुरु भएको छ । विराटनगर–१२ स्थित बन्जारा एग्रोले निकट भविष्यमा उत्पादन गर्ने बोतल बन्द दूधको प्रचारप्रसारका लागि विश्व जुनियर ब्याडमिन्टका एक नम्बरका नेपाली खेलाडी प्रिन्स दाहाललाई ‘ब्रान्ड एम्बेस्डर’ आज यहाँ नियुक्त गरेको छ । एग्रोका सञ्चालक सञ्जय चापागाईं र दाहालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरियो । गजेन्द्र शर्मा बन्जारा र चापागाईंद्वारा संयुक्त रूपमा स्थापित एग्रोले पहिलो चरणमा विराटनगरमा आठ करोडको लागतमा पाँच बिघा क्षेत्रफलमा हलस्टोन, जर्सी लगायतका उच्च दूध दिने ५० वटा गाईपालनबाट दैनिक एक हजार लिटर दूध उत्पादन गरिएको छ । सो अवसरमा सञ्चालक चापागाईंले कृषि क्षेत्रको प्रवद्र्धन र स्थानीय जनताको आर्थिक स्तर उकास्न यस क्षेत्रमा कृषि फर्मको स्थापना गरेको बता...
विश्वकप ग्लोबल छनोटको उद्घाटनमा नेपालले ओमनसँग खेल्ने
खेलकुद

विश्वकप ग्लोबल छनोटको उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो । ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ म...
आईपीएल अक्सनमा सन्दीपसहित नेपाली १५ खेलाडी
खेलकुद

आईपीएल अक्सनमा सन्दीपसहित नेपाली १५ खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आईपीएलका लागि नेपालबाट कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएको जनाएको छ । अहिलेसम्म नेपालबाट सन्दीपले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको लागि आईपीएल खेल्न विश्वभरबाट एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा आठ सय ९६ जना भारतीय र तीन सय १८ जना विदेशी खेलाडी छन् । आईपीएलको अक्सन फेब्रुअरी १२ र १३ तारिख बैँगलोरमा हुनेछ । आईपीएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । आईपीएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।...
मेरो उपस्थितिले क्लब र खेलाडीलाई दबाब बढ्छ भने टिभीमा खेल हेर्छु : अलमुताइरी
खेलकुद

मेरो उपस्थितिले क्लब र खेलाडीलाई दबाब बढ्छ भने टिभीमा खेल हेर्छु : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  फुटबलको विकासका लागि क्लब र लिग प्रतियोगिता महत्त्वपूर्ण भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफूले खेलाडीलाई सतप्रतिशत नदिनु भनेर कहिल्यै नभनेको पनि बताएका छन् । एउटा खेलाडीले क्लब फुटबलमा सतप्रतिशत दिन सक्दैन भने त्यस्तो खेलाडीले राष्ट्रका लागि पनि सतप्रतिशत दिन नसक्ने उनको भनाइ छ । उनले आफ्नो उपस्थितिले खेलाडीलाई दबाब बढ्ने भए आफूले टेलिभिजनमार्फत खेल हेर्ने पनि उल्लेख गरेका छन् । 'मलाई लाग्छ कि क्लब र लिग फुटबलको विकासको मुख्य कारक हो त्यसैले म कसरी खेलाडीहरूलाई १०० प्रतिशत नदिन आग्रह गर्छु' उनले भनेका छन्, 'यदि लिग खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूलाई दबाब बढ्छ भने मसँग समाधान छ, म टिभीमा खेलहरू हेर्छु ।' ...