Wednesday, February 21

मनाेरञ्जन

गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा
मनाेरञ्जन

गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा

काठमाडौँ– वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पार्नुभएको छ । आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो । “मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा ...
देशको हालतप्रति दीपकराजको व्यंग्य – छोरो कांग्रेस बनेर आउला भन्ने डर भो
मनाेरञ्जन

देशको हालतप्रति दीपकराजको व्यंग्य – छोरो कांग्रेस बनेर आउला भन्ने डर भो

स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले पार्टी प्रवेशका कार्यक्रमलाई तीव्रता दिएका छन् । नेकपा एमालेसहित प्रमुख दलहरू स्थानीय तहमा प्रभाव जमाउन सक्ने नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानमा लागेका छन् । यसै विषयलाई लिएर कलाकार दीपकराज गिरिले व्यंग्य गरेका छन् । उनले आफ्नो परिवारका सदस्यहरूलाई पनि मूल पार्टीबाट अरू पार्टीमा प्रवेश गराइएको भन्दै व्यंग्य गरेका हुन् । उनले‍ कांग्रेस हुँ भन्ने आफ्ना बालाई एक हुल नेता आएर एमाले बनाएको र सूर्यमा भोट हाल्ने आफ्नी श्रीमतीलाई पँधेराबाट आउँदा आउँदै माओवादीमा प्रवेश गराइएको भन्दै कटाक्ष गरेका छन् । उनले आफ्नो छोरो घरसम्म आइपुग्दा कांग्रेस बनेर आउला भन्ने डर भएको भन्दै देशको अवस्थाप्रति उनले झटारो हानेका छन् । 'बाले कांग्रेस हुँ भन्नुहुन्थ्यो, घरमा एक हुल नेता आएर एमाले बनाइदिएर गएछन् ! सूर्यलाई भोट हाल्ने मेरी बूढी पधेरोबाट आउँद...
नेपालमा अमेरिकी कलाकारले चलचित्र छायांकन गर्ने
मनाेरञ्जन

नेपालमा अमेरिकी कलाकारले चलचित्र छायांकन गर्ने

नेपालको पर्यटन प्रवर्द्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायांकन गर्ने भएका छन् । उक्त फाउण्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन् । आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर चलचित्र छायांकन गर्ने मन्त्री आलेलाई जानकारी दिइएको हो । नेपालको सुरसुधा ग्रुपसँग सहकार्य गरी उक्त फाउण्डेसनले चलचित्र निर्माण गर्ने भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । यसैगरी उक्त फाउण्डेसनले नेपालमा संगीत विद्यालय स्थापना गर्ने योजना बनाएको पनि सो फाउन्डेसनका व्यवस्थापक ईश्वर बज्राचार्यले बताए । उनले सो फाउण्डेसनले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरी तिनमा...
हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै
मनाेरञ्जन

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लागेका हुन् । भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् । ‘म काठमाडौंमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दैछु’ उनले भिडियोमा भनेका छन् । सिल्भियो मार्सल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । उनले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् । उनले डेड ओर अलाइभ, ट्रान्सपोर्टर ३, म्यान अफ ताई चिलगायतका फिल्ममा अभिनयसमेत गरेका छन् । सिल्भियो एक्सन फर नेसन्सको सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरि...
‘आरआरआर’का रोचक पाँच किस्सा
मनाेरञ्जन

‘आरआरआर’का रोचक पाँच किस्सा

काठमाडौं । भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ । फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् । ५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ- फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ? सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही ...
बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नुपर्ने औचित्यता पुष्टि गर्न नसक्दा..
मनाेरञ्जन, समाज

बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नुपर्ने औचित्यता पुष्टि गर्न नसक्दा..

नाबालिगलाई गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। १६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए। बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो। आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत: इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बा...
नेपाली दर्शक फकाउँदै आरआरआर निर्देशक एसएस राजामौली
मनाेरञ्जन

नेपाली दर्शक फकाउँदै आरआरआर निर्देशक एसएस राजामौली

नेपालमा त्यति धेरै साउथ इन्डियन फिल्म नचल्ने बेला प्रदर्शनमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनी मात्र नभई प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रो अर्थ आर्जन गरे । एक सातापछि बलिउडको ठूलो फिल्म ‘बजरंगी भाइजान’ आउँदा पनि बाहुबलीलाई असर गरेन । किनकि फिल्मलाई दर्शकले रुचाइसकेका थिए । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्‍याे । त्यसयता पनि नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढेका थिएनन् । बढेका थिए त केवल प्रभासका । तर, केजीएफ, साहो, पुष्पालगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । अहिले ती फिल्मका दर्शक बढेका छन् । भिडियो फिल्मझैँ नेपालमा प्रदर्शन हुने सा...
अमिताभ बच्चनले २३ करोडमा बचे आफू हुर्केको घर
मनाेरञ्जन

अमिताभ बच्चनले २३ करोडमा बचे आफू हुर्केको घर

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो दिल्लीको घर ‘सोपान’ बेचेका छन् । उनको घर दक्षिण दिल्लीको गुलमोहर पार्कमा थियो । रिपोर्टका अनुसार अमिताभले आफ्नो घर २३ करोडमा बेचेका छन् । यस घरमा अमिताभका दिवंगत आमाबाबु हरिवंश राई बच्चन र तेजी बच्चन बस्थे । रिपोर्टका अनुसार अमिताभ बच्चनको यो घर निजोन ग्रुप अफ कम्पनीजकी सीईओ अवनी बदेरले किनेको हो । अवनीले बच्चन परिवारलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छिन् । उनीहरू पनि उनको घर नजिकै बस्छन् । अमिताभको ४१८.०५ स्क्वायर मिटरको घरको रजिस्ट्री ७ डिसेम्बर २०२१ मा अवनीको नाममा गरिएको थियो । बिग बी मुम्बई सिफ्ट हुनुअघि यो घरमा आफ्ना आमाबुवासँग बस्थे । जसमा उनले आफ्ना आमाबुवासँगका धेरै सम्झना जोडिएका छन् । भनिन्छ, यो बच्चन परिवारको पहिलो घर पनि थियो । हरिवंश राई बच्चनले सन् १९८० सम्म ‘सोपान’मा आफ्नो कविता सत्र सञ्चालन गरेका थिए । यो बंगला अमिताभकी आमा तेजी बच्चनको ...
विवादमा दुर्गेश थापाको नयाँ गीत पैसा, प्रसारण रोक्न माग
मनाेरञ्जन

विवादमा दुर्गेश थापाको नयाँ गीत पैसा, प्रसारण रोक्न माग

वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो । “कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ ।...
मुम्बईमा नवाजुद्दीन सिद्दिकीले बनाए सपनाको महल
मनाेरञ्जन

मुम्बईमा नवाजुद्दीन सिद्दिकीले बनाए सपनाको महल

नवाजुद्दीन सिद्दीकीको बलिउडमा राम्रो नाम छ । नवाजुद्दीनले अहिलेको स्थानमा पुग्न निकै मेहनत गर्नुपरेको छ । उनले आफ्नो जीवनमा कहिल्यै हार मानेनन्, फलस्वरूप ढिलै भए तापनि सफलता हात पारे । अहिले उनी बलिउडका चर्चित अभिनेताको सूचीमा पर्छन् । नवाजुद्दीनको अर्को सपना पनि पूरा भएको छ । मुम्बईमा उनले आफ्नै घर बनाए, जुन उनको सपनाको महल जस्तै छ । नवाजुद्दीनले यसको नाम ‘नवाब’ राखेका छन् । पिंकभिलामा प्रकाशित समाचारअनुसार नवाजुद्दीनले आफ्नो सपनाको घर बनाउने काम पूरा गरिसकेका छन् । उनको मुम्बईमा रहेको बंगला तयार भइसकेको छ । लामो संघर्षपछि नवाजुद्दीनले आफ्ना लागि सुन्दर घर बनाएका हुन् । घर बन्न ३ वर्षको समय लाग्यो । घरको डिजाइन उनको गाउँकै पुरानो घरबाट प्रेरित भएको बताइएको छ । बंगलाको मर्मत कलाकार आफैंले गरेका छन् । कसैले आफ्नो सपनाको नाम कसरी राख्छ ? नाम कसैको मनमा हुन्छ, जसरी शाहरुख खानले आफ्नो बंगला...