Tuesday, July 16

प्रविधि

चन्द्रमाबाट ल्याइएको नमूना खोल्न नासालाई किन ५० वर्ष लाग्यो ?
प्रविधि, विश्व

चन्द्रमाबाट ल्याइएको नमूना खोल्न नासालाई किन ५० वर्ष लाग्यो ?

यो 'नमूना ७३००१' डिसेम्बर १९७२ मा चन्द्रमाको वृष-लिट्रो उपत्यकाबाट लिइएको थियो। केवल दुई नमूनाहरू चन्द्रमामा भ्याकुम सील गरिएको थियो। ७३००१ ती मध्ये एक हो। नासाले विशेष उद्देश्यका लागि यसलाई खोल्न ५० वर्ष पर्खिएको हो । Table of Contentsअनुसन्धानका लागि पाँच दशकसम्म किन पर्खिनुपर्‍यो ?नमूना ७३००१ के हो ?चन्द्रमामा पहिरोको रहस्य समाधान हुनेछ! अमेरिकाको 'अपोलो कार्यक्रम' को उद्देश्य मानिसलाई चन्द्रमामा अवतरण गरी सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउनु थियो। यस कार्यक्रम अन्तर्गत, अपोलो ११, १२, १३, १५, १६ र १७ गरी ६ वटा मिसनहरूले आफ्नो लक्ष्यहरू पूरा गरे। यी मिसनहरूको सबैभन्दा उज्यालो अध्याय २० जुलाइ १९६९ को दिन थियो। सोही दिन अपोलो ११ मिसनमा गएका अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा पाइला राख्ने पहिलो मानव बने। दुवैले आफूसँगै चन्द्रमाको नमूना पनि पृथ्वीमा ल्याएका थ...
यस्तो देखियो अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर
प्रविधि, समाचार

यस्तो देखियो अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको आश्चर्यजनक तस्विर खिचिएको छ । सो तस्वीरलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन्स्टाग्राममा सेयर गरेको छ । तस्वीरमा धेरै हिउँले ढाकिएको चुचुराहरू भएका पहाडहरूको हवाई दृश्य देखिन्छ । यस्तो तस्वीर जमिनबाट देख्न सकिँदैन, किनकि तब पहाडहरू धेरै अग्ला हुन्छ । अन्तरिक्षबाट हेर्दा पहाडहरू एकअर्कासँग मिल्दोजुल्दो देखिन्छन् । तस्वीरमा हिमाललाई छुट्ट्याउन पनि गाह्रो हुन्छ । नासाले सगरमाथाको फोटो सेयर गर्दै क्याप्सन पनि लेखेको छ । 'तपाईंले यस्तो सगरमाथा पहिले कहिल्यै देख्नु भएको छैन । पृथ्वीको सबैभन्दा अग्लो हिमाल अन्तरिक्षबाट विल्कुलै फरक देखिन्छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सवार एक अन्तरिक्ष यात्रीले सगरमाथाको यो प्रत्यक्ष तस्वीर खिचेका हुन् । समुद्री सतहबाट सगरमाथाको उचाइ लगभग २९,०२९ फीट (८,८४८ मिटर) रहेको छ' क्याप्सनमा भ...
एलोन मस्कको कम्पनी स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किँदै
प्रविधि

एलोन मस्कको कम्पनी स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किँदै

चन्द्रमामा पहिलोपटक अनियन्त्रित रकेट टोक्किने मिसन पूरा गरेपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो एलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किएपछि विस्फोट हुन लागेको छ । फाल्कन ९ बुस्टर नामको यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । तर, यसले मिसन पूरा गर्न सकेन । पृथ्वीमा फर्कन पर्याप्त इन्धन नभएपछि यो अन्तरिक्षमा नै रह्यो । खगोलविद् जोनाथन म्याकडोवेलले बीबीसीलाई आफूलाई थाहा भएअनुसार चन्द्रमामा पहिलोपटक अनियन्त्रित रकेट टोक्किने बताए । तर, यसको प्रभाव भने निकै कम हुन उनको भनाइ छ । एक लाख माइलको यात्रा तय गरे अन्तरिक्षमा मौसम उपग्रह पठाउने मिसन पूरा गरेपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो । यो एलोन मस्कको अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस-एक्स को एक हिस्सा थियो । स्पेसएक्स एक निजी कम्पनी हो जसले अन्य ग्रहह...
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एकै घरका तीन जनाविरुद्ध मुद्दा, ३७ करोड बिगो माग
प्रविधि, समाज

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एकै घरका तीन जनाविरुद्ध मुद्दा, ३७ करोड बिगो माग

नेपालमा प्रतिबन्ध गरिएको क्रिप्टोकरन्सीको कारोबार गरेको आरोपमा एक परिवारका तीनसहित चार जनाविरुद्ध मुद्दा दाय भएको छ । राजस्व अनुसन्धान विभागले कैलालीको लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, उसकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेशकी साथी अनिता धितालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर ३७ करोड बढी (३१ लाख २७ हजार बढी अमेरिकी डलर) को अवैध कारोबार विभागले जनाएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । विभागले दायर मुद्दामा बिगो जफत गरी ती...
अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने
जीवनशैली, प्रविधि, मनाेरञ्जन

अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने

अन्तरिक्षमा विश्वको पहिलो फिल्म स्टुडियो निर्माण हुने भएको छ । स्पेस इन्टरटेनमेन्ट इन्टरप्राइज (एसईई)ले अन्तरिक्षमा फिल्म स्टुडियो बनाउन लागेको हो । आगामी केही वर्षमा वास्तविकतामा परिणत हुने एसईईले जनाएको छ । एसईईले यो शून्य गुरुत्वाकर्षणमा बन्ने विश्वको पहिलो मनोरञ्जन स्टुडियो हुने दाबी गरेको छ । साथै यसमा बहुउद्देश्यीय एरिना हुने दाबी पनि एसईईको छ । एसईई अभिनेता टम क्रुजको आगामी 'स्पेस चलचित्र' को सह-निर्माता पनि हो । एसईईले डिसेम्बर २०२४ सम्ममा स्पेस स्टेसन मोड्युल निर्माण गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत अन्तरिक्षमा कन्टेन्ट स्टुडियोसँगै खेलकुद र मनोरञ्जनका लागि पनि ठाउँ निर्माण गरिनेछ । एक समाचार एजेन्सीको रिपोर्टअनुसार एसईई-१ नामक यो मोड्युलले लो-अर्बिट, सूक्ष्म गुरुत्वाकर्षण वातावरणमा रचनात्मक काम गर्न चाहने कलाकार, निर्मातालगायतलाई सहयोग गर्ने छ । फिल्म स्टुडियोले उत्पादन,...
रोल्स रोयसका विद्युतीय विमानले तोडे विश्व रेकर्ड
प्रविधि

रोल्स रोयसका विद्युतीय विमानले तोडे विश्व रेकर्ड

अहिलेसम्म हामीले विद्युतीय कार र बाइकबारे मात्रै सोचिरहेका थियौँ, तर, यसैबेला रोल्स रोयस कम्पनीले विद्युतीय विमान ल्याएको छ । रोल्स रोयसले निर्माण गरेका विद्युतीय विमानले दुईवटा विश्व रेकर्ड तोडेको छन् । यसको अधितम गति ३८७.४ माइल प्रतिघण्टा (६२३ किमी/घण्टा) छ, जुन अहिलेसम्म बनेमध्येको सबैभन्दा तीव गतिका विद्युतीय सवारी हुन् । विमानले सबै रेकर्ड तोड्यो रोल्स रोयसद्वारा निर्मित सबै विद्युतीय विमानले दुईवटा विश्व गतिको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । नोभेम्बर २०२१ मा स्पिरिट अफ इनोभेसनको औसत ५५५.९ किमी/घन्टा (३४५.४ माइल प्रतिघण्टा) र १५ किमी/घन्टा भन्दा धेरै ५३२.१ किमी/घन्टा (३३० माइल प्रतिघण्टा) दूरी तय गरेको थियो । वर्ल्ड एयर स्पोर्ट्स फेडरेसनलेले दुवै प्रयोगात्मक प्रयासलाई विश्व कीर्तिमानको रूपमा प्रमाणित गरेको छ । रोल्स रोयसले यसलाई ठूलो उपलब्धि भनेका छन् । यो विद्युतीय विमानको ...
इन्टरनेट कुकिज : तपाईंको डाटा कसरी लुकाउँछ ?
प्रविधि

इन्टरनेट कुकिज : तपाईंको डाटा कसरी लुकाउँछ ?

प्रायः देख्नुभएको होला नयाँ वेबसाइट खुल्नासाथ तपाईंको अगाडि Accept Cookies को विकल्प आउँछ । कुकिज के हुन् र किन ठूलाभन्दा ठूला वेबसाइट यसको पछि लागिरहेका छन् ? कुकिजको गलत प्रयोगको कारण हालै गुगल र फेसबुकलाई फ्रान्स सरकारले १७०० करोड जरिवाना गरेको छ । तपाईं यसबाट अनुमान लगाउन सक्नुहुन्छ कि इन्टरनेट कुकिजको पनि ठूलो मात्रामा दुरुपयोग हुन सक्छ भनेर । त्यसैले यहाँ हामी तपाईंलाई यससँग सम्बन्धित सबै आवश्यक जानकारी दिनेछौं : इन्टरनेट कुकिज के हुन् ? इन्टरनेट कुकिज पाठ फाइलहरू हुन्, जसमा तपाईंबारे केही डाटा हुन्छन् । यी डाटा तपाईंलाई (जस्तै तपाईंको कम्प्युटर) पहिचान गर्न प्रयोग गरिन्छ । कुकिजले तपाईंले अन्तिम पटक पढेको, हेरेको वा खोजेको वेबसाइटलाई बताउँछ । तपाईंले सर्भरमा पहुँच राख्नैबित्तिकै डाटा कुकिजमा भण्डारण गरिन्छ । यसले तपाईं र तपाईंको कम्प्युटरलाई विशेष पहिचान दिन्छ । प्रत्येक पटक जब ...
नेल्सन मण्डेलाको प्रेरक प्रसंग
प्रविधि, रोचक

नेल्सन मण्डेलाको प्रेरक प्रसंग

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए । सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतीक्षा गर्न थाले । त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतीक्षा गरी राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने । अडर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ती व्यक्तिले पनि खाना खान थाले । तर, खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए । ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्थे । खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्...
कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?
प्रविधि, रोचक

कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?

कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईं जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईंमाथि आफ्नो समय बर्बाद गर्ने थिइनँ— विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईं पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, तपाईं कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ ? मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन, किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ । त्यसैले, प्रश्न यो होइन कि तपाईंमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईंमा इच्छुकता छ वा छैन ? अरू कसैले तपाईंमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईंमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर...
२८४ शाखा अधिकृतका लागि जागिर खुल्यो
प्रविधि

२८४ शाखा अधिकृतका लागि जागिर खुल्यो

  लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो । २० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।...