Thursday, May 23

अर्थ

सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीको व्यवस्था हटाउन माग
अर्थ

सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीको व्यवस्था हटाउन माग

विभिन्न व्यापार सङ्घले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका छन् । राष्ट्रिय व्यापार सङ्घ, नेपाल व्यापार सङ्घ, एकता व्यापार सङ्घ, रञ्जना व्यापार सङ्घ, आरबी कम्प्लेक्स व्यापार सङ्घ, भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता सङ्घले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका हुन् । नेपाल व्यापार सङ्घका महासचिव वैकुण्ठ दाहालले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीपश्चात् मात्र सामान ढुवानी गर्ने एकतर्फी निर्णय अव्यावहारिक भएको बताए । 'उक्त निर्णय व्यावसायिक मूल्यमान्यताविपरीत छ, यसलाई तत्काल सच्याउनुपर्छ', उनले भने । उनी व्यावसायिक मूल्यमान्यताविपरीत र ढुवानीको प्रचलित कानूनविपरीतको कार्य भएको हुँदा यसलाई तुरुन्त सच्याएर व्यावहारिक निर्णय गरी व्यावसायिक वातावरण सहज र सरल बनाउन आग्रह ग...
राष्ट्र बैंकका गभर्नर निलम्बित
अर्थ

राष्ट्र बैंकका गभर्नर निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो । मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।...
५०५ जनाले लिए हिमाल आरोहण अनुमति
अर्थ

५०५ जनाले लिए हिमाल आरोहण अनुमति

यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणको लागि अनुमति पाउनेमा १५८ जना पुरुष र २०४ जना महिला छन् । सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणको लागि अनुमति लिनेहरुको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् । विभागका अनुसार आमादब्लमको लागि ३९, अन्नपुर्ण फर्टको लागि २६, बरुन्त्सेको लागि १६, धौलागिरीको लागि २१, हिमलुङको लागि १६, कञ्चनजङ्गाको लागि ४६, मकालुको लागि १५, मनास्लुको लागि ९, नुप्त्सेको लागि २८ जनाल...
उपकार लघुवित्तको आइपिओ खुला
अर्थ

उपकार लघुवित्तको आइपिओ खुला

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही चैत २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी वैशाख ९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ...
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो
अर्थ

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।...
कर्णाली प्रदेशले माग्यो १३३ कर्मचारी
अर्थ

कर्णाली प्रदेशले माग्यो १३३ कर्मचारी

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोलपा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।...
ग्रामीण उद्यम विकास आयोजनाले माग्यो ३९ कर्मचारी
अर्थ

ग्रामीण उद्यम विकास आयोजनाले माग्यो ३९ कर्मचारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । राजपत्र अनंकित द्वितीय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छी/मत्स्य) मा ३९ जना कर्मचारीका लागि बुधबार दरखास्त आह्वान भएको छ । आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छी/मत्स्यतर्फ १३ जना मागेको छ । १३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ । योग्यता भने लोकसेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेबमोजिम हुनेछ । आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ ।...
बफेलीले १६ चैतमा आइपिओ निष्कासन गर्ने
अर्थ

बफेलीले १६ चैतमा आइपिओ निष्कासन गर्ने

बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो । १६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ । २०१७ सालमा स्थापना भएको बफेली हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको ह...
नवनियुक्त नेप्सेका सिइओ भन्छन् – शेयर बजारलाई व्यवस्थित गराउँछु
अर्थ, समाचार

नवनियुक्त नेप्सेका सिइओ भन्छन् – शेयर बजारलाई व्यवस्थित गराउँछु

सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताए । उनले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गरे । तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।...
गण्डकी विश्वविद्यालय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने
अर्थ, समाज

गण्डकी विश्वविद्यालय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए । ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरूप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार ति...