Sunday, September 8

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ |

रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ |

ओमिक्रोन घाँटीमा रहने, त्यही रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो | न्यून रूपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो |

सरकारसँग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडा-वडामा निःशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो |

यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा निःशुल्क, वडा वडामा निःशुल्क अनि निजीमा ५-६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस् |

संविधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् | संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् |

आशा गर्न सकिन्छ, कोरोना भाइरस यसैगरी कमजोर हुँदै जानेछ अनि मौसमी रुघाखोकीजस्तो सामान्य हुनेछ |


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading