Saturday, April 20

वर्महोलमा साइबर हमला, चोरियो ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी

साइबर अपराधीको पहिलो रोजाइ क्रिप्टो क्षेत्र बनेको छ । विगत ६ महिनाको तथ्यांक हेर्दा धेरै ठूला क्रिप्टो फर्महरू साइबर आक्रमणमा परेका छन् । अहिले वर्महोल नामको क्रिप्टो फर्ममा ठूलो साइबर हमला भएको छ ।

यो साइबर हमलामा ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी भएको बताइएको छ । कम्पनीले ट्विटरमार्फत यस ह्याकिङमा इथर क्रिप्टो चोरी भएको पुष्टि गरेको छ । कम्पनीले जुन लुप होल प्रयोग गरी ह्याकिङ भएको हो त्यो अब समाधान भइसकेको जनाएको छ । ह्याकरका बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

वर्महोल पोर्टलले मानिसहरूलाई एउटा क्रिप्टोकरेन्सीबाट अर्कोमा साट्ने सुविधा दिन्छ । वर्महोल इथेरियममा आधारित स्मार्ट कन्ट्रयाक्समा आधारित रहेर काम गर्दछ । त्यस्ता पोर्टलहरूलाई ब्लकचेन ब्रिज भनिन्छ । वर्महोलले ह्याकरसँग सम्झौता गर्न तयार रहेको बताएको छ । कम्पनीले सम्पूर्ण क्रिप्टोकरेन्सी फिर्ता गर्न १ करोड डलर अफर पनि गरेको छ ।

विगत दुई हप्तामा ब्लकचेन ब्रिजमा यो दोस्रो साइबर हमला हो । गत हप्ता क्युबिट फाइनान्समा साइबर हमला भएको थियो जसमा ८ करोड डलर नोक्सान भएको थियो । आक्रमणपछि ह्याकरले २ लाख ६ हजार ८०९ बिन्यान्स क्वाइन चोरेको कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading