Friday, February 23

Tag: सतीदेवी

‘सतीदेवीको शव बोक्दै’ कुमाले
जीवनशैली, प्रमुख समाचार

‘सतीदेवीको शव बोक्दै’ कुमाले

श्याम रिमाल एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि  आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र  सतीदेवीको मूर्ति बनाउनुभयो  । उहाँ  आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जानुहुन्छ र महिलाका रुप सतीदेवी, बूढी आमा, वसुन्धरा आदि बनाउँदै आफूलाई भुलाउनुहुन्छ  । एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गर्नुभएको छ  । लक्ष्मीमायाले उहाँलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिनुभयो,  पतिको रुचिलाई प्रोत्साहन गरिरहनुभयो । लक्ष्मीमाया अहिले हात्तीवन, उद...