Wednesday, February 21

प्रमुख समाचार

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
प्रमुख समाचार

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । MonthlyAnnually निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ । यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । टेबलआचारसंहितासोहीटेबल उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदाता...
निर्वाचन आचारसंहिता लागू, उल्लंघन भए कारबाही
प्रमुख समाचार

निर्वाचन आचारसंहिता लागू, उल्लंघन भए कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७८ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो । निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष बनाउनका लागि सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निवाचन आचारसंहित २०७८ आज रातिदेखि लागू हुने आयोगका प्रवक्ता शालिग्राम पौडेलले एक विज्ञप्तिमार्फत जनाएका छन् । आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित भइसकेको उनले जनाएका छन् । आचारसंहित लागू भएसँगै चुनावको नतिजालाई प्रतिफल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, कुनै विद्यतीय सामग्री उत्पादन गर्ने तथा सामाजिक सञ्‍जाल वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत अकाउण्ट सञ्चालन गर्न वा गराउन पाइने छैन । त्यसैगरी...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक
प्रमुख समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । गठबन्धनले स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमनका लागि समिति नै बनाएर अगाडि बढेको छ । गत मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।...
आयोगले तोक्यो चुनावी कार्यक्रमको समय, अनुमतिबिना जुलुस-सभा गर्न पनि रोक
प्रमुख समाचार

आयोगले तोक्यो चुनावी कार्यक्रमको समय, अनुमतिबिना जुलुस-सभा गर्न पनि रोक

स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रम गर्दा जानकारी गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले मंगलबार जारी गरेको दलहरुको प्रतिबद्धता एवं निर्देशनमा अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको हो । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो । निर्वाचन आयोगको निर्देशनमा भनिएको छ 'स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने। जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’ त्यस्तै आयोगले जुलुस वा आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेद...
रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
प्रमुख समाचार

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले नेता पौडेलेको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको बताए । आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ गरेको उनले बताए । गठबन्धनको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ । त्यस्तै, बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग अन्तरक्रियाको आयोजना गर्न सुझाव दिएका छन् । राष्ट्रिय जनमोर्...
राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
प्रमुख समाचार

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आज स्थानीय तहकाे चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेकाे छैन । उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेकाे छ । याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ । यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।...
स्थानीय निर्वाचन : एक करोड ९४ लाख मतपत्र छापिँदै
प्रमुख समाचार

स्थानीय निर्वाचन : एक करोड ९४ लाख मतपत्र छापिँदै

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए । यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । मतपत्र छाप्नको लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ । सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । 'प्राथमिकता त तोकेका छैनौँ । तर, ...
यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता
प्रमुख समाचार

यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटनसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प...
निर्वाचन चिह्नको रंगबारे एमालेको निर्णयले कस्तो असर गर्ला?
प्रमुख समाचार, समाचार

निर्वाचन चिह्नको रंगबारे एमालेको निर्णयले कस्तो असर गर्ला?

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने निर्वाचन आयोगले जनाएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को बिरोध गरिरहेका थिए । अध्यक्ष ओलीले गरिरहेको बिरोधलाई आइतबार भने एमालेले संस्थागत गरेको छ । ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको यसअघि आरोप लगाउँदै आएका छन् । कमजोर आँखा हुनेहरुले रुखैरुख देख्नु भनेर हरियो राख्न लागेको ओलीले यसअघि टिप्पणी गर्दै आएका थिए । यस विषयमा आयोगले भने मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको यसअघि नै स्पष्ट पारेको छ । 'के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देख्नु भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?' ओलीको प्रश्न थियो । उनले कांग्रेसको चुन...
यस्तो छ चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण कार्यक्रम
प्रमुख समाचार

यस्तो छ चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण कार्यक्रम

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् । शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउसो दुई बजेतिर उनी नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट...