Wednesday, February 21

Tag: फोहोर

प्रमुख समाचार

क्षतिपूर्ति पुनरावलोकनलगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक सातादेखि बन्द

पूर्णप्रसाद मिश्र     उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ। फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकनलगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्।  काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन्। ‘ल्याण्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित ...