Wednesday, February 21

Tag: घनश्याम राजकर्णिकार

घुमन्ते लेखक राजकर्णिकारलाई माओत्सेतुङको शव हेर्ने रहर
जीवनशैली, साहित्य

घुमन्ते लेखक राजकर्णिकारलाई माओत्सेतुङको शव हेर्ने रहर

श्याम रिमाल यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना  र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरूका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुगे । उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरूले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरू मात्र जमघट गराई उनीले बधाई र शुभकामना थापे । यसै वर्ष उनीको साहित्य लेखनको ५५ वर्ष पनि पुग्दैछ । उनी हालसम्म एशिया, युरोप र अमेरिकाका २० भन्दा बढी राष्ट्र पुगेका छन् भने छिमेकी देश चीन पुग्न पनि तीव्र लालायित छन् । जहाँ टेके पनि नियात्रा लेख्ने उनी ल्हासा मात्र जाने  निमन्त्रणा आए पनि त्यहाँ गएका छैनन् । स्वदेशभन्दा उनीलाई बढी विदेशकै यात्राले बढी तानेको छ । संयोग र व्यावसायिक काम पनि त्यस्त...