Friday, July 12

साहित्य

नीतिश्लोक : धर्म
साहित्य

नीतिश्लोक : धर्म

गणेशप्रसाद पँगाली हिन्दू धर्म असंख्य भित्री भण्डार अमूल्य हो नाम।सत र असतलाई छुट्याउन अदृश्य भई गर्दछु काम॥ असत काम गरे दश वर्षपछि हुँदै जान्छ दुर्गति।सत्य काम गरे कृति रहन्छ पुस्तौँ-पुस्ता पछि॥ संसारमा थोरै जल्छ भन्ने आयो मलाई कूमति।बनारस सागर नदीले दिनु भयो सत्यको ज्योति॥ होस् नगरी हिँड्दा साना चिजले लाग्छ ठेस अनि चोट।औषधि उपचारका लागि अनि मात्रै खोज्दछ बाटाको सोच॥ लुकेर झुकेर होइन जुटेर सबै मिली निकालौँ अमृत रस।अन्याय अत्याचारलाई त्यागी धर्मै-धर्मले मरौँ हृदयको पास॥ कुनै फुलेर फलका कुनै वृक्ष छन् पाकेर झुलेका।सत्रु र मित्र छन् सँगै खानलाई मग्न भई मुलेका॥ समाजमा बसी कसैलाई नदेखौँ निचा र उचा।भेदभाव गरी काम गरेर सत्यले बनाउँदछ फुसा॥ धर्म सारै सानो र मसिनो नरम स्थिर छ।अधर्म भन्नु घमण्ड ठूलो छ देखिन्छ समाज पिर्दछ॥ सत र असत छुट्याउन बाहिरी नजरले सक्दैन दिन ज्ञान।...
प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’
रोचक, साहित्य

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि विश्वास लाग्दैन । तर यथार्थ अलि फरक छ । प्रियंका गान्धीलाई रबर्ट वाड्रा नामक एक पुरुष १३ वर्षको उमेरमै मन परेको थियो । उता, रबर्ट पनि प्रियंकाको साधारणपनासँग मोहित भएका थिए । विस्तारै ती दुवैबीच कुराकानी बाक्लिँदै जान थाल्यो । प्रियंका पनि रबर्टप्रति आकर्षित हुँदै गइन् । यी दुईबीच विश्वास र आकर्षणको मात्रा यसरी वृद्धि हुँदै गयो कि, कुन बेल...
अर्थमन्त्री शर्माको ‘माओवादी’ गीतिसंग्रह सार्वजनिक
साहित्य

अर्थमन्त्री शर्माको ‘माओवादी’ गीतिसंग्रह सार्वजनिक

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ । राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो । सो गीतमा गायक किरणबाबु पुन र तिलक परियारले स्वर दिएका छन् । गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको नेतृत्वकर्ता र हिस्सेदार माओवादी नै भएको गीतमा वर्णन गरिएको छ । जनयुद्धको बलमा नै निरंकुश शासन सत्ता अन्त्य भएको तथा देशमा राजनीतिक परिवर्तन भएको विषयलाई गीतमा उल्लेख गरिएको छ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीका लागि नेकपा (माओवादी केन्द्र)को इतिहास समेटिएको जनवादी गीत ‘माओवादी’ सार्वजनिक गरिएको हो । उक्त गीतको हाल श्रव्य सामग्रीमात्रै सार्वजनिक गरिएको जानकारी दिँदै गायक किरणबाबु पुनले केही समयभित्रै श्रव्यदृश्य सामग्रीसमेत उपलब्ध हुने बताए । अर्थमन्त्रीसमेत रहेक...
राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम, यस्तो छ कविता
मनाेरञ्जन, साहित्य

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम, यस्तो छ कविता

काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय भए । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए । कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थम...
भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य
जीवनशैली, रोचक, साहित्य

भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य

श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो । आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै गरेकाले श्रीकृष्ण जन्मने बित्तिकै गोबरसँग जोखेकाले श्रीकृष्ण आचार्यको नाम जोखु पनि रहेको कुरा बिर्ता स्वामित्व हस्तान्तरणमा उल्लेख भएकोबाट समेत प्रमाणित हुन्छ । जसरी पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक तथा राजनीतिक रूपमा एकीकरण गरी नेपाल राष्ट्रको निर्माण गरे, ठीक त्यसै अनुरूप नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको भाषिक एकता गरे । वि.सं १८७१ असार २९ गते आइतबार तनहूँ चुँदी रम्घ...
आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती
प्रमुख समाचार, साहित्य

आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती

काठमाडौँ, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, ...
नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’
साहित्य

नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

काठमाडौं : पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन् । नेपालयले आफ्नो यो शृङ्खला, नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ । २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ । २०२० को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ रहेको छ । ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन् । दुर्गा कार्कीको पढाई कानून हो , रुची लेखन। साहित्य...
विष्णु भण्डारीले ल्याए ‘सुनको पहाड’
साहित्य

विष्णु भण्डारीले ल्याए ‘सुनको पहाड’

काठमाडौं : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे। कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताए। घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उनको भनाइ थियो। त्यसैगरी कार्यक्रममा बोल्दै लेखक डा. अर्चना थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन्। समका...
फ्रान्सेली फोटोग्राफर मिचेल मिलेको ‘१५ इयर्स इन नेपाल’ फोटो प्रदर्शन हुने
साहित्य

फ्रान्सेली फोटोग्राफर मिचेल मिलेको ‘१५ इयर्स इन नेपाल’ फोटो प्रदर्शन हुने

काठमाडौं : फ्रान्सेली फोटोग्राफर मिचेल मिलेले नेपाल बसाइँका क्रममा खिचेका तस्वीरहरूको प्रदर्शनी हुने भएको छ। यहि असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिचेल मिलेले खिचेका तस्विरहरूको प्रदर्शनी ‘फिप्टिन इयर्स इन नेपाल’ हुन लागेको हो। प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ। तस्विर मार्फत् नेपालको विश्वभर प्रचार गर्न सफल व्यक्तित्व हुन् फ्रान्सेली फोटोग्राफर मिचेल। नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर उनले तस्वीर खिचेका छन्। यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासोले उनै मिचेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्वीरहरूलाई प्रदर्शनीको रूपमा ल्याउन लागेको छ। उक्त प्रदर्शनीमार्फत नेपाललाई विश्वभर प्रचारमा ल्याउन थप सहयोग अपेक्षा गरिएको छ। नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने...