Friday, February 23

Tag: कल सेन्टर

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, रोजगारसम्बन्धी गुनासो तत्काल सम्बोधन
प्रमुख समाचार, प्रविधि

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, रोजगारसम्बन्धी गुनासो तत्काल सम्बोधन

अशोक घिमिरे काठमाडौं : सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आज सोमबार (चैत्र १८ गते) देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।   वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ । सो सेन्टरको सञ्चालनबाट मन्त्रालयअन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ । उक्त कल सेन्टरको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुभारम्भ गरे ।   कामदारलाई निःशुल्क कानूनी सहायता सेन्टरमार्फत मन्त्रालय...