Wednesday, February 21

Tag: अल्पनिद्रा

मष्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्पनिद्राले स्मरण समस्या
शिक्षा, स्वास्थ्य

मष्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्पनिद्राले स्मरण समस्या

बालबालिकाको मष्तिष्कमा चोट लागेको केही हप्तापछि देखिने निद्राको समस्या, थकावट र ध्यानमा एकाग्रता नआउने र यसका कारण मष्तिष्कको स्मरण शक्तिमा नै कमी आउने हालै सार्वजिनिक अष्ट्रेलियाली अनुसन्धान प्रतिवेदनले देखाएको छ। अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत अनुसन्धानकर्ताहरूले मष्तिष्कमा चोट लागेपछि यसको भागमा देखिने सानातिना दागका कारण बालबालिकामा अल्पनिद्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने ‘म्याग्नेटिक रिसोनेन्स इमेजिङ’ (एमआरआई) रिपोर्टको लामो समयको अध्ययनपछि निष्कर्ष निकालेको डाक्टर कार्तिक लाएरले शुक्रबार राति जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। मष्तिष्कको काममा देखिने कमी कुन दरमा सुधार हुन्छ वा अझै विग्रिँदै गएको छ यसलाई हेरेर बच्चाको समस्या पूर्ण वा आंशिक रूपमा निको हुन्छ भन्ने कुरा अनुमान गर्न सकिने डाक्टर ला...