Wednesday, February 21

Tag: सेनेटरी प्याड

नेपालमा सेनेटरी प्याडको अर्थशास्त्र
जीवनशैली

नेपालमा सेनेटरी प्याडको अर्थशास्त्र

अहिले 'सेनेटरी प्याड'को यस्तो गरी विज्ञापन भइरहेछ मानौ ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । 'प्याड' नभएर छात्रा स्कुल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नी प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ । म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतीको (आमाको सुतीको धोती )पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिइन् । त्यो बेलामा सेनेटरी प्याडको चलन थिएन। महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोइन्थ्यो, कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन । तर, अहिले त गाउँगाउँमा पनि मानौ सनेटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कुलस्कुलमा 'सनेटरी प्याड खसाउने बाकस' भनेर ठूलो अक्षरमा समाचार आउँछ । प्याडको अर्थशास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर १०० रुपैयाँ पर्‍यो भने एक महि...
सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड
स्वास्थ्य

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

डडेल्धुरा : भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो । भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । “अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो । एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ । “अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने  मेसिन राख्ने योजना छ”, अध्यक्ष भट्टले भन्नुभयो । मेसिन राखे महिनावारीका कारण छात्रा तीन÷चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने व...