Wednesday, February 21

Tag: फुटबल

फुटबलमा यस्तो पेनाल्टी सायद कहिल्यै देख्‍नुभएको छैन
खेलकुद

फुटबलमा यस्तो पेनाल्टी सायद कहिल्यै देख्‍नुभएको छैन

क्रिस्टियानो रोनाल्डो, मेस्सी, नेयमारको पेनाल्टी सुटआउट चर्चित छ । अहिले सामाजिक सञ्जालमा यस्तो पेनाल्टीको चर्चा छ, जुन देखेर तपाईं हाँसोले मुर्छा पर्नुहुन्छ । यो अल जापान हाइस्कुल प्रतियोगितामा भएको घटना हो । जहाँ पेनाल्टी सुटरले फुटबलसम्म पुग्न ४० सेकेन्ड लगाएका थिए । पेनाल्टी सुटरको अनौठो स्टाइल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा सुटर निकै बिस्तारै फुटबलतर्फ अघि बढिरहेका छन्, उनले केही पाइलाको दूरी पार गर्न करिब ४० सेकेन्ड लगाउँछन् । जसले गर्दा गोलकिपर झन्डै बोर हुन्छन् र त्यसपछि सुटर उफ्रिएर फुटबलमा लात हानेर गोल गर्छन् । खेल रायुत्सु केजाइ ओगाशी र किंडाई वाकायामाबीच भएको थियो, जुन बराबरीमा सकियो । खेल पेनाल्टी सुटआउटमा पुग्यो र त्यसपछि यो रोचक किक देखियो । रयुत्सुबाट सुटआउट लिने खेलाडीले यो अनौठो पेनाल्टी किक हानेका हुन् । गोलकिपर सुटआउटको क्रममा गलत दिशामा डाइभ गरेका कारण...
मुख्य प्रशिक्षक अल्मुताइरीले बोलाए ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा
खेलकुद

मुख्य प्रशिक्षक अल्मुताइरीले बोलाए ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन् । आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट र बिमल घर्तिमगर रहेका छन् । त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुज...
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‌यो
खेलकुद

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‌यो

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटाँै, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ ।...
फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’
खेलकुद, रोचक

फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’

फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय फुटबल एसोसियन र फुटबलसम्बन्धी कानुन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय संगठन- आईएफएबी ले बताएका छन् । खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण यस्तो नयाँ नियम ल्याइएको हो । फुटबलमा गम्भीर प्रकारका गल्ती गर्ने खेलाडीहरुलाई रेड कार्ड दिइने गरिन्छ जसकारण ती खेलाडीले खेललाई निरन्तरता दिन पाउँदैनन् र उनी आबद्ध टोली १० खेलाडीमै सीमित रही खेल्नुपर्ने हुन्छ । अब खेलका दौरान कसैको नजिक गएर जानाजान खोक्ने कार्य अपमानजनक, गालीबेइज्जती वा अशिष्ट भाषा र इशाराहरू गर्ने गल्ती सरह मानिने पनि आईएफएबीले जनाएको छ। ती खेलाडीलाई साँच्चै नै खोकी आएको वा जानजान गरेको भन्ने निर्क्यौल गर्ने अधिका...
प्रदेश-१ मै ‘पहिलो पटक’ रात्रिकालीन फुटबल प्रतियोगिता
खेलकुद

प्रदेश-१ मै ‘पहिलो पटक’ रात्रिकालीन फुटबल प्रतियोगिता

झापाको भद्रपुर नगरपालिकास्थित मेची रंगशालामा शनिबारदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रदेश-१ मै ‘पहिलो पटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगिता हुन लागेको हो । आयोजक संस्था एलेभेन साइनिङ स्टारका अध्यक्ष दिलीप भुइँमालीका अनुसार प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाउने छन्। प्रतियोगितामा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लब चन्द्रगढी, श्रीजङ्गा फुटबल क्लब ज्ञानेचोक, सैनिक फुटबल क्लब, कनकाई फुटबल क्लब, बिर्तामोड गुनाइटेड फुटबल क्लब, न्यू स्टार फुटबल क्लब खोपबाडी र राजगढ फुटबल क्लब गरी आठ वटा टोलीको सहभागिता रहेको छ। पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लबबीच हुनेछ। प्रतियोगिता सम्पन्न गर्न लगभग १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी टोलीले नगद एक लाख र उपविजेताले नगद रु ५० हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्...