Wednesday, February 21

रोचक

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’
रोचक, साहित्य

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि विश्वास लाग्दैन । तर यथार्थ अलि फरक छ । प्रियंका गान्धीलाई रबर्ट वाड्रा नामक एक पुरुष १३ वर्षको उमेरमै मन परेको थियो । उता, रबर्ट पनि प्रियंकाको साधारणपनासँग मोहित भएका थिए । विस्तारै ती दुवैबीच कुराकानी बाक्लिँदै जान थाल्यो । प्रियंका पनि रबर्टप्रति आकर्षित हुँदै गइन् । यी दुईबीच विश्वास र आकर्षणको मात्रा यसरी वृद्धि हुँदै गयो कि, कुन बेल...
नेल्सन मण्डेलाको प्रेरक प्रसंग
प्रविधि, रोचक

नेल्सन मण्डेलाको प्रेरक प्रसंग

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए । सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतीक्षा गर्न थाले । त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतीक्षा गरी राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने । अडर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ती व्यक्तिले पनि खाना खान थाले । तर, खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए । ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्थे । खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्...
कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?
प्रविधि, रोचक

कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?

कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईं जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईंमाथि आफ्नो समय बर्बाद गर्ने थिइनँ— विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईं पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, तपाईं कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ ? मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन, किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ । त्यसैले, प्रश्न यो होइन कि तपाईंमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईंमा इच्छुकता छ वा छैन ? अरू कसैले तपाईंमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईंमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३३ वर्षीया प्रमिकासँग सुटुक्क बिहे गरे
रोचक, विश्व

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३३ वर्षीया प्रमिकासँग सुटुक्क बिहे गरे

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचारअनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनीहरू लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरूले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए । बेलायतमा कोरोना भाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो । उनीहरूको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका भएका छन्छभने उनकी न...
अब सासबाटै कोरोना संक्रमण परीक्षण, सिंगापुरले दियो प्रयोगको अनुमति
जीवनशैली, रोचक, विश्व, स्वास्थ्य

अब सासबाटै कोरोना संक्रमण परीक्षण, सिंगापुरले दियो प्रयोगको अनुमति

कोरोना भाइरस संक्रमणको पहिचानका लागि सिंगापुरमा नयाँ परीक्षण विधि प्रयोगमा ल्याइएको छ । यहाँ कोरोना परीक्षणका लागि अब ‘ब्रिथ’ अर्थात् स्वासको परीक्षण गरिने छ । यहाँको सरकारले यसको प्रयोगका लागि अनुमति पनि दिइसकेको छ । यो प्रविधिको सफ्टोवर सिंगापुर नेशनल युनिभर्सिटीले विकास गरेको हो । यसले ६० सेकन्डमा रिपोर्ट दिने दाबी गरिएको छ । मलेसियाबाट यात्रीहरू सिंगापुरमा पश्चिम भागस्थित तुआस चेकपोस्टबाट प्रवेश गर्छन् । यहाँ परीक्षणका लागि यो विधि अनिवार्य गर्ने बताएको छ । यदि यो विधिबाट परीक्षण गरिएका व्यक्तिमा पोजिटिभ रिपोर्ट आयो भने यसको पुष्टिका लागि फेरि पीसीआर परीक्षण गरिने छ । यद्यपि यहाँको सरकारले अहिले सबै यात्रीहरूको एन्टिजेन र्‍यापिड टेस्ट गर्दै आएको छ । साथै ब्रिथ टेस्ट पनि जारी छ । यता, यो विधिको विकासलाई सकारात्मक रूपमा लिँदै विज्ञहरूले परीक्षणको गति बढाउँदा कोरोनाबाट तहसनहस भएको पर्यटन ...
फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’
खेलकुद, रोचक

फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’

फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय फुटबल एसोसियन र फुटबलसम्बन्धी कानुन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय संगठन- आईएफएबी ले बताएका छन् । खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण यस्तो नयाँ नियम ल्याइएको हो । फुटबलमा गम्भीर प्रकारका गल्ती गर्ने खेलाडीहरुलाई रेड कार्ड दिइने गरिन्छ जसकारण ती खेलाडीले खेललाई निरन्तरता दिन पाउँदैनन् र उनी आबद्ध टोली १० खेलाडीमै सीमित रही खेल्नुपर्ने हुन्छ । अब खेलका दौरान कसैको नजिक गएर जानाजान खोक्ने कार्य अपमानजनक, गालीबेइज्जती वा अशिष्ट भाषा र इशाराहरू गर्ने गल्ती सरह मानिने पनि आईएफएबीले जनाएको छ। ती खेलाडीलाई साँच्चै नै खोकी आएको वा जानजान गरेको भन्ने निर्क्यौल गर्ने अधिका...
मानसिक तनावका पनि फाइदा !
रोचक

मानसिक तनावका पनि फाइदा !

तनावको नाम लिनेवित्तिकै मानिसमा नकारात्मक सोच आइहाल्छ । यस्तो किन पनि हुन्छ भने तनाव खासगरी नकारात्मक नै मानिन्छ । तर तनाव राम्रो र सकारात्मक पनि हुन्छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तनाव दुई प्रकारका हुन्छन्, गुड स्ट्रेस र ब्याड स्ट्रेस भनिन्छ । गुड स्ट्रेसलाई व्यक्तिकाम लागि राम्रो मानिन्छ किनकि यसले शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा पनि फाइदाजनक हुन्छ । एक अध्ययनअनुसार जसरी सुई लगाउने विषयले बिरामीलाई आनन्दानुभुति हुन्छ, त्यसैगरी सही प्रकार र मूल्यको तनाव हुन्छ भने व्यक्ति आफैंले तनावलाई नराम्रो हुनबाट रोक्न सफल हुनसक्छ । यसबाहेक तनावका केही फाइदा छन् : –तनावका कारण व्यक्तिलाई अप्ठेरोको सामना धेरै सजिलो गरी गर्न सिकाउँछ । –तनावमा परेमा व्यक्तिले भविष्यमा यस्ता अवस्थालाई धेरै राम्रो गरी सम्हाल्न सक्छ । –व्यक्तिलाई आफूलाई तनावमुक्त राख्न सिकाउँछ । –मानिसलाई कुन कुराको तनाव लि...
भारतमा बन्यो सुनपछि हिराजडित मास्क, मूल्य कति ?
रोचक

भारतमा बन्यो सुनपछि हिराजडित मास्क, मूल्य कति ?

कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा फेस मास्कको व्यापार खुबै चम्किएको छ । कैयन् मुलुकमा आममानिसलाई मास्क लगाउनै पर्ने कडा नियम बनाइएको छ । नेपालमा पनि सरकारले सार्वजनिकस्थलमा जाँदा अनिवार्य मास्क लगाउन, नलगाए जरिवाना गर्ने नीति लिएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै बनाएर अनेक खालका मास्क लगाउने गरेका छन् । मास्क अनिवार्य बन्दै गर्दा पछिल्लो समयमा यसले फेसनको रुप लिन थालेको छ । भारतको सुरतस्थित १ गहना पसलले हीराजडित मास्क बनाएर बेच्न सुरु गरेको छ । यसअघि सुनजडित मास्क बेचिसकेको उक्त गहना पसलले तयार पारेका हीराजडित मास्कको मूल्य डेढ लाख भारुदेखि ४ लाख भारुसम्म तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन् । गहना पसले दीपक चोक्सीका अनुसार सरकारी निर्देशिकाअनुसार नै मास्क कपडाबाटै बनाइएको हो तर, कपडाको बीच बीचमा सुन र हीरा जडान गरिएको छ । पहेँलो सुन र अमेरिकन हीराजडित मास्कको...
ट्रम्पले मास्क लगाएको फोटो भाइरल
रोचक, विश्व

ट्रम्पले मास्क लगाएको फोटो भाइरल

वासिङ्टन, २९ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् । उनले यसअघि आफूले मास्क नलगाउने बताएका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका छन् । गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आएका थिए । तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टरमार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा स...
भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य
जीवनशैली, रोचक, साहित्य

भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य

श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो । आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै गरेकाले श्रीकृष्ण जन्मने बित्तिकै गोबरसँग जोखेकाले श्रीकृष्ण आचार्यको नाम जोखु पनि रहेको कुरा बिर्ता स्वामित्व हस्तान्तरणमा उल्लेख भएकोबाट समेत प्रमाणित हुन्छ । जसरी पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक तथा राजनीतिक रूपमा एकीकरण गरी नेपाल राष्ट्रको निर्माण गरे, ठीक त्यसै अनुरूप नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको भाषिक एकता गरे । वि.सं १८७१ असार २९ गते आइतबार तनहूँ चुँदी रम्घ...