Friday, February 23

Tag: नेकपा एमाले

एमालेमा उम्मेदवार बन्न ६ मापदण्ड, महानगरका प्रमुख-उपप्रमुख केन्द्रले नै तोक्ने
प्रमुख समाचार, समाचार

एमालेमा उम्मेदवार बन्न ६ मापदण्ड, महानगरका प्रमुख-उपप्रमुख केन्द्रले नै तोक्ने

एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो । सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदव...
एमालेले चुनावी घोषणापत्र ९ वैशाखमा सार्वजनिक गर्ने
प्रमुख समाचार, समाचार

एमालेले चुनावी घोषणापत्र ९ वैशाखमा सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ । आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्, जसलाई आजैको बैठकले अनुमोदन गराउनेछ । ‘पार्टीको केन्द्रिय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हा...