Wednesday, February 21

Tag: दम

दामका रोगीले कस्ता खानेकुरा खाने ?
शिक्षा

दामका रोगीले कस्ता खानेकुरा खाने ?

प्राडा नीरज बम, छातीरोग विशेषज्ञ श्वासप्रश्वास विभाग त्रिवि शिक्षण अस्पताल दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हँुदै जान्छन् । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खाना खान सक्दैनन् । फलस्वरूप शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुँदै जान्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । उनीहरूका लागि यस्तो खानपान आवश्यक छ ।  शक्तिवद्र्धक खाना खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा कमजोरीपन हुन्छ । तसर्थ, दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ । आवश्यक  मात्रामा चिल्लो चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्स...