Wednesday, February 21

Tag: डा. अरुणा उप्रेती

खराब बोसो मीठो मानेपछि …
जीवनशैली

खराब बोसो मीठो मानेपछि …

केही अघि मुटुरोगविज्ञ प्रेमराज वैद्यले खराब बोसो सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यति बेला भनेका थिए, ‘खराब बोसो भएका खानेकुराहरूले मुटुको धमनी अस्वस्थ बनाउँछन्, मासंपेशी कमजोर पार्छन्, ४० वर्ष नपुग्दै मधुमेह र मुटुको रोग दिन्छन् । खराब बोसो स्वास्थ्यका लागि अति नै हानिकारक पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यसको प्रयोग गरिन्छ ।’ केही महिनाअघि म स्वास्थ्य मन्त्रालय पुग्दा, त्यहाँका उच्च पदाधिकारीहरू कोठामा बसेर चाउचाउको सुप सुरुपसुरुप तानिरहेका थिए । मलाई देखेर कसैले कचौरा लुकाउन खोजे, कोही ‘हत्तेरिका, कस्तो बेला तपाईं आइपुग्नुभयो, यसबारे नलेखिदिनुस् है’ भन्न थाले । मैले भनेँ, ‘नाम त खुलाउँदिनँ तर तपाईंहरूले चाउचाउ खाएको भने लेख्नैपर्छ । पत्रु खानाविरुद्ध लेख्ने र बोल्नेहरूले नै यसो गरेपछि, अरूले के सिक्छन् ? स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा स्वा...
नेपालमा सेनेटरी प्याडको अर्थशास्त्र
जीवनशैली

नेपालमा सेनेटरी प्याडको अर्थशास्त्र

अहिले 'सेनेटरी प्याड'को यस्तो गरी विज्ञापन भइरहेछ मानौ ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । 'प्याड' नभएर छात्रा स्कुल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नी प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ । म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतीको (आमाको सुतीको धोती )पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिइन् । त्यो बेलामा सेनेटरी प्याडको चलन थिएन। महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोइन्थ्यो, कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन । तर, अहिले त गाउँगाउँमा पनि मानौ सनेटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कुलस्कुलमा 'सनेटरी प्याड खसाउने बाकस' भनेर ठूलो अक्षरमा समाचार आउँछ । प्याडको अर्थशास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर १०० रुपैयाँ पर्‍यो भने एक महि...