Wednesday, February 21

Tag: छालाको सुरक्षा

गर्मी मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा
शिक्षा

गर्मी मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा

गर्मी याममा दिउँसो घाम चर्कने गर्छ । कतिपयलाई गर्मी याम मन नपर्नुको कारण घाम चर्कनु हो । किनकि घामले शरीरमा असर गरिरहेको हुन्छ । घामका कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरू देखापर्न थाल्छन् ।  छाला सुक्खा हुने, डड्ने, फुस्रो हुने, रातो हुने लगायतका समस्याहरूका कारण गर्मी बढेसँगै यो चिन्ताको विषय हुनसक्छ । घाममा पाइने अल्ट्रा भायोलेटले गर्दा छालामा असर गरिरहेको हुन्छ। चिकित्सकहरूका अनुसार घाममा हुने अल्ट्राभायोलेट ‘बी’ ले अल्पकालीन रुपमा सुक्खा हुने, डड्ने, फुस्रो हुने,  रातो हुने, चिलाउने र एलर्जी हुने गर्दछ भने दीर्घकालीन रुपमा छालामा पोतो आउने, डन्डिफोर आउने जस्ता समस्या देखिन्छ।जसले गर्दा हाम्रो छाला नराम्रोसँग प्रभावित हुने गर्दछ। अझ अनुहारको छालामा घामले अत्याधिक असर गर्दछ । कसरी जोगाउने घाममा छाला ? स्वास्थ्य चिकित्सकहरूको अनुसार १० देखि २ बजे सम्मको घाममा धरै हिँड्दा अधिक मात्रामा छ...