Friday, February 23

Tag: घैंटो

गाउँभरि घैंटो    
जीवनशैली

गाउँभरि घैंटो    

खेमराज गौतम     गलकोट : युवावस्थाको धेरै समय पानीको जोहो मै बिताएका अम्मरबहादुर थापालाई घैंटोमा पानी सङ्कलन हुन थालेपछि सुविस्ता भएको छ । जिल्लाको पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका वडा नं १० भकुण्डे निवासी ८१ वर्षीय थापाले जीवनमा पानी बोक्नकै लागि धेरै समय खेर फालेको स्मरण गर्नुहुन्छ । राति तीन बजे कुँवाको पानी भर्न एक घण्टा हिँडेर जीवनका आधा उमेर धकेलेका थापालाई २०३३ सालदेखि गाउँमा धारो आएपछि कुँवामा पानी लिन जान परेन । “गाउँमा सार्वजनिक धारो त आयो तर, जनसङ्ख्या बढ्दै गयो, पानीको मुहान पनि सुक्दै गयो,” थापाले भन्नुभयो । उहाँका अनुसार साविक भकुण्डे गाविसको वडा नं १, २ र ३ का बासिन्दाका लागि जम्मा ८ वटा सार्वजनिक धारा निर्माण भए । ती धाराको पानीले पुग्ने अवस्था भएन । पानीको अभावका कारण कतिले गाउँ नै छोडेर बसाइँ सरी अन्यत्र गएका छन् । एउटा धारोमा आएको पानी २५ घर परिवारलाई पुग्...