Wednesday, February 21

Tag: अयोध्या

‘अयोध्या’ नेपालको हो, भारतले ‘नक्कली खडा’ गरी सांस्कृतिक अतिक्रमण गर्‍यो : प्रधानमन्त्री
प्रमुख समाचार

‘अयोध्या’ नेपालको हो, भारतले ‘नक्कली खडा’ गरी सांस्कृतिक अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतल अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाइ छ । ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन,' उनले भने, 'अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी ...