Friday, February 23

सोमबारसम्म मौसम बदली रहने

आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

विभागले चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading