Friday, February 23

आकाशको दिल तोडेर गइन वर्षा, भिडियो

काठमाडौं : जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ। मान्छेको जिन्दगीमा सुखभन्दा दुःख धेरै आउने भएर नै होला , मान्छे दुःखलाई बारम्बार सम्झिरहन्छ। भन्ने हो भने भेट्नु र छुट्नु जीवनको रित हो तर बिछोडको पीडाको भुल्न नसेकेर नै होला मान्छेले गीत, कविता, कथाका माध्यमबाट आफ्ना मनका भावना पोखिरहेका हुन्छ्न्।

डिजिटल बजारमा केही दिनअघि यस्तै भावको भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टल भर्सनको ‘दिल तोडेर गयौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ। संगीत नारायण सुवेदी ‘आभास’ले भरका छन् भने गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन्।

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका वर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई  वर्षाको श्रीमानका  रूपमा देखाइएको छ।

बुद्ध थापाले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन। निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading