Friday, February 23

Tag: सहुलियत पसल

खुले एकीकृत सहुलियत पसल, २ देखि ५० रुपैयाँसम्म छुट
समाचार

खुले एकीकृत सहुलियत पसल, २ देखि ५० रुपैयाँसम्म छुट

काठमाडौं : दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सोमबारदेखि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष झै यस्ता सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानद्वारा संयुक्त रूपमा सञ्चालित एकीकृत सहुलियत मूल्य पसलको आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शुभारम्भ गरे । कार्यक्रममा उनले सहुलियत मूल्य पसल र यसको उद्देश्य अनुरूप आमउपभोक्तालाई प्रत्यक्ष राहत हुने गरी सामान राख्न पनि सम्बन्धित संस्थानलाई निर्देशन दिए । कार्यक्रममा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चाडपर्व लक्षित यस्ता सहुलियत मूल्य पसलबाट उपभोक्तालाई निकै राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका राष्ट्रिय अध्...