Wednesday, February 21

Tag: ब्याक्टेरिया

समुद्रको गहिराइमा भेटियो तेल खाने ब्याक्टेरिया
विश्व

समुद्रको गहिराइमा भेटियो तेल खाने ब्याक्टेरिया

विश्वको सबैभन्दा गहिरो समुद्रको सतहमा एउटा अनौठो किसिमको जीवाणु (ब्याक्टेरिया) भेटिएको छ। वैज्ञानिकहरूले मारियान ट्रेन्च समुद्रमा एउटा यस्तो ब्याक्टेरियाको खोजी गरेका हुन् जसले तेल सेवन गर्दछ। अध्ययनमा सामेल रहेका चीनको ओशियन युनिवर्सिटीका वैज्ञानिक जिओ-हुआ झाङका अनुसार अहिलेसम्म केहो खोजले यस्तो प्रकारको स्थितिमा रहने जीवहरूका बारेमा खोज गरेका थियो। यीमध्ये एक शोध प्रसिद्ध समुद्री खोजकर्ता अकेडेमी पुरस्कार विजेता एवं फिल्म निर्देशक जेम्स क्यामरनको नेतृत्वमा भएको हो। क्यामरनले समुद्रको सतहसम्म पुगेर नमुना संकलन गर्नका लागि एक विशेष प्रकारको पनडुब्बीको निर्माण गरेका थिए। ब्याक्टेरियामाथि भएको यो खोजका बारेमा लन्डनको युनिवर्सिटी अफ एन्गोलियाका वैज्ञानिक जोनाथन टान्डका अनुसार रिसर्च टिमले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो क्षेत्र 11,000 मिटरमा पुगेर माइक्रोबियल पापुलेशनको नमूनाहरू संकलन गर्न ...