Wednesday, February 21

Tag: बेलायत

बेलायतमा ओमिक्रोन संक्रमितको गयो ज्यान
विश्व

बेलायतमा ओमिक्रोन संक्रमितको गयो ज्यान

बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएकामध्ये एक बिरामीको मृत्यु भएको पुष्टि भएको प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा पुष्टि तरेका हुन् । । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । उनले अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थिए । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो ’ उनले भने । बेलायतमा हिजो एक दिनमा ...
तीन पटक ‘रिजेक्टेड’ ब्रेक्जिटमा नयाँ सहमतिको खोजी
विश्व

तीन पटक ‘रिजेक्टेड’ ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

लन्डन : बेलायती संसद ‘हाउस अफ कमन्स’मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरू वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् । बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर, ब्रेक्जिट प्रक्रियामा सांसदबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयुबाट बेलायत बाहिरिनु प...