Wednesday, February 21

Tag: बुद्ध एयरलाइन्स

बुद्धको विमान नेपालगन्जमा आकस्मिक अवतरण
समाचार

बुद्धको विमान नेपालगन्जमा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगन्जमा अकस्मात अवतरण भएको छ। जहाजमा यात्रारत एक यात्रुको स्वास्थ्य खराब भएपछि नेपालगन्जमा जहास आकस्मिक अवतरण गरिएको हो । जहाजमा यात्रारत बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्जमा अकस्मात अवतरण राँझा विमानस्थलले जनाएको छ । विमानमा २७ जना यात्रु सवार थिए । जहाजभित्र रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको राँझा विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक नवराज बमले बताए । उनका अनुसार अहिले बमको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बमकुमारीलाई जहाजभित्र सास फेर्न समस्या भएको पछि नेपालगन्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगन्ज प्रमुख दिनेश शाहले पुष्टि गरे । बमकुमारी आफन्तसहित आफैँ उपचार गर्न गएको उनले बताए ।...
बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण
समाचार

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाजलाई काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ । यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ । विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उ...
बुद्धको १३औँ जहाज काठमाडौं आइपुग्यो
समाचार

बुद्धको १३औँ जहाज काठमाडौं आइपुग्यो

काठमाडौं : बुद्ध एयरलाइन्सले शनिबार थप एक एटिआर-७२ जहाज भित्र्याएको छ। चेन्नाइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको हो। यससँगै बुद्ध एयरको जहाज संख्या १३ पुगेको छ, भने एटिआर-७२ जहाजको संख्या ८। बुद्धसँग अर्को ३ वटा एटिआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ। बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउने जनाएको छ। यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्ने जनाएको छ। आउँदा आउँदै गरेका चाडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरूलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ। थपिएको जहाजले नियमित मर्मतसम्भारमा सघाउ पुग्ने र उडानहरू नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ।...