Wednesday, February 21

Tag: बाह्रबिसे

बाह्रबिसे बाढीपहिरो : जम्बुमा बेपत्ताको खोजी जारी, १ जनाको जीवितै उद्धार
समाचार

बाह्रबिसे बाढीपहिरो : जम्बुमा बेपत्ताको खोजी जारी, १ जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ । आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिए । यसैबीच शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोसी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिए । उनको स्थानीय स्वास्थ्यच...