Tuesday, October 8

हार्वर्ड विश्वविद्यालयमा गगन थापाको पढाइ सुरु

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ सुरु भएको छ। सांसद थापा उक्त कोर्ष भाग लिनका लागि सोमबार राति अमेरिका उडेका थिए ।

उनले माइक्रो ब्लगिङ साइट ट्विटरबाट आफूले उक्त कोर्ष सुरु गरिसकेको जनाएका छन्। उनले आफूले उक्त कोर्ष लिन पाउँदा एकदमै उत्साहित भएको बताएका छन् । ‘हार्वर्ड केन्नेडी स्कुलमा पहिलो दिन । २१औँ शताब्दीको ग्लोबल लिडर सिप एन्ड पब्लिक पोलिस । एकदमै उत्साहित छु ।’

अमेरिका उड्नु भन्दाअघि उनले व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको बताएका थिए । दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनोट भए पनि व्यस्तताले जान नसेकर यो वर्ष जाने लागेको पनि सुनाएका थिए ।

राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन् ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply