Wednesday, October 9

हिन्दु बुबा र मस्लिम आमाबाट जन्मिएको बच्चालाई दुबईमा जन्म प्रमाणपत्र

हिन्दु बुबा र मस्लिम महिलाबाट जन्मिएको बच्चालाई दुबई सरकारले दियो जन्म प्रमाणपत्रसंयुक्त अरब इमरेट्स (युएई) सरकारले आप्रवाशीका लागि बनाइएको विवाह नियमइतर भारतका एक हिन्दु पुरुष र मुस्लिम महिलाबाट जन्मेकी छोरीलाई जन्म प्रमाणपत्र दिएको छ। मिडियामा आएको समाचारअनुसार युएईमा प्रवासीका लागि विवाहको नियममा कुनै मुस्लिम पुरुषले कुनै गैरमुस्लिमसँग वैवाहिक सम्बन्ध बनाउन सक्छ तर मस्लिम महिलाले कुनै गैर मुस्लिम व्यक्तिसँग विवाह सम्बन्ध बनाउन पाउँदैन।

दुईबाट प्रकाशित हुने खलिज टाइमको खबरअनुसार शारजाहमा बस्ने किरण बाबु र साबू सिद्दीले केरलमा सन् २०१६ मा विवाह गरेका थिए। उनीहरूलाई तब समस्या भयो जब उनीहरूको सन् २०१८ मा छोरी जन्मियो। बाबूले भने, ‘मसँग आबुधाबीको भिसा थियो। मेरो यहाँ बीमा पनि थियो। मैले इमिरातको मेदिवर २४x७ अस्पतालमा भर्ना गराएँ। छोरी जन्मेपछि म हिन्दू भएका कारण जन्म प्रमाणपत्र दिन अस्वीकार गरियो।’

उनले पछि अदालतका माध्यमबाट जन्म प्रमाणपत्रका लागि निवेदन दिएको बताए। उनले भने, ‘त्यसपछि मैले अदालतमार्पत जन्म प्रमाणपत्रका लागि निवेदन दिएँ। यसका लागि चार महिनासम्म सुनुवाइ भयो तर मेरो मुद्दालाई खारेज गरियो।’ बाबूकी छोरीसँग कुनै कानुनी दस्तावेज थिएन। उनको सबै आशा दुबई सरकारको माफीका लागि अडिएको थियो।

युएईले सन् २०१९ लाई सहिष्णुता वर्षका रूपमा घोषित गर्‍यो। यसैअनुसार युएई सहिष्णु राष्ट्रमा सहभागि बन्ने छ र अलग-अलग संस्कृतिका व्यक्तिसँग हुने सम्वादको कमी पूरा गर्ने छ। साथै दुबईले एकआपसमा सहकार्यको भावना विकास गर्ने छ।बाबुलाई ती दिनहरू एकदैम तनावपूर्ण लाग्थे र उनीहरूको आशा भनेको माफी ने थियो। यसमा भारतीय दूतावासले मद्दत गर्‍यो। उनका अनुसार न्यायिक विभागले उनको मुद्दालाई अपवाद बनायो। बाबू पुनः अदालत ग र यसपटक उनको मुद्दालाई अदालतले मन्जुरी दियो। यी दम्पतिकी छोरीको १४ अप्रिलमा जन्म प्रमाणपत्र जारी भयो।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply