भोक्सवागनले स्वचालित ड्राइभिङ सफ्टवेयर विकास गर्न बोशसँग सहकार्य गर्ने भएको छ । दुवै कम्पनीले मंगलबार सामाजिक सञ्जालमार्फत यस सम्झौताबारे जानकारी दिएका हुन् ।

भोक्सवागनको सफ्टवेयर निर्माण गर्ने सहायक कम्पनी क्यारियाड र अटो सप्लायर बोशबीच भएको यो सम्झौताअन्तर्गत भविष्यमा बस्ने सवारीसाधनका लागि स्वचालित ड्राइभिङ सफ्टवेयरको विकास गरिनेछ ।

यो सफ्टवेयरमार्फत लेभल-२ स्वचालित ड्राइभिङ सिस्टमको विकास गरिने छ र कम्पनीले २०२३ मा आफ्नो सवारीसाधनमा यो प्रणाली जडान गर्ने जनाएको छ ।

भोक्सवागनले आफ्नो ट्विटर ह्यान्डलमार्फत क्यारियाड र बोशबीचको यो साझेदारीबारे जानकारी दिएको छ । विश्वको सबैभन्दा ठूलो वाहन फ्लिटमध्ये एकका लागि ह्यान्ड्स-फ्री ड्राइभिङ प्रणाली क्यारियाड टेक र बोशले एक हजारभन्दा बढी विशेषज्ञसँग मिलेर बनाउने कम्पनीले जनाएको छ । त्यस्तै, बोशले पनि ट्विटमार्फत सम्झौताबारे जानकारी दिएको छ ।

रोयटर्सका अनुसार दुई कम्पनीहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन् कि भोक्सवागनको सफ्टवेयर निर्माण गर्ने सहायक कम्पनी क्यारियाड र बोशले भोक्सवागनको यात्रुवाहक सवारीमा स्वचालित ड्राइभिङका लागि सफ्टवेयर विकास गर्न साझेदारी गरेका छन् ।

सफ्टवेयरले ‘लेभल २’ले स्वचालित ड्राइभिङका लागि सक्षम हुने छ, जसमा सहर, ग्रामीण क्षेत्र र मोटरवेमा ह्यान्ड्स-फ्री ड्राइभिङ गर्न सकिने छ । यससँगै ‘लेभल ३’ प्रणाली पनि विकास गरिने छ, जसले मोटरवेमा हुने सबै ड्राइभिङ कार्य सम्हाल्नेछ ।

भोक्सवागनले सन् २०२३ सम्ममा आफ्ना सवारी साधनमा लेभल २ ड्राइभिङ सिस्टम गर्ने योजना बनाएको छ । कम्पनीले यो सफ्टवेयर र यसका कम्पोनेन्ट पार्ट्सपछि अन्य कार निर्माता कम्पनीका गाडीमा पनि प्रयोग गर्न सकिने पनि स्पष्ट पारेको छ ।

क्यारियाडमार्फत २०२५ सम्म भोक्सवागनका गाडीहरूका लागि ६० प्रतिशत सफ्टवेयर आपूर्ति गर्ने लक्ष्य छ । जुन २०२०मा क्यारियाड स्थापना गर्दा भन्दा १० प्रतिशतले बढी हो ।

 

Leave a Reply