Wednesday, October 9

विद्यार्थीको उदाहरणीय काम : खाजा रकमबाट क्यान्सरपीडितलाई सहयोग

काठमाडौं : एक विद्यालयमा अध्ययनरत छात्र/छात्राले अर्को विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई आइपरेका समस्या समाधान गर्न गरेका प्रयास उदाहरणीय बनेको छन् ।

गौरीशंकर इंग्लिस बोर्डिङ विद्यालय बालकुमारी इमाडोलमा कक्षा १० मा अध्यययनरत छात्रा/छात्राले सागर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रलाई गरेको सहयोग अरूका लागि अनुकरणीय बनेको छ ।

गौरीशंकरका छात्र/छात्राले आफ्ना खाजा खर्च कटाई एवं अभिभावकसित संकलन भएको रु एक लाख १८ हजार ५४० स्वर्णीम सागर माविका कक्षा १० मा अध्ययरत नवाङ मोक्तानलाई सहयोग गरेका छन् ।

रक्त क्यान्सरबाट पीडित मोक्तानलाई आर्थिक अभावमा उपचार गर्न समस्या परेको नवाङका आमा कविता मोक्तानले जानकारी दिइन् । “उपचार गर्न पैसा छैन, यो सहयोग मेरो बाबुका लागि अमूल्य हुनेछ ” उनले भनिन्

संकलित रकम पूर्वशिक्षा सचिव जनार्दन नेपाललले बिहीबार आयोजित कार्यक्रममा कविता मोक्तानलाई हस्तान्तरण गरे । सो अवसरमा गौरीशंकर विद्यालयका प्रिन्सिपल लालकुमारी विष्ट, शैक्षिक संयोजक उमेश पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले सानो सहयोगले अकालमा ज्यान जानबाट जोगाउन आफ्ना छात्र/छात्राले गरेका सहयोगको सराहना गर्दै समय समयमा बिरामीका लागि सहयोग जुटाइरहेको जानकारी दिए।

पूर्वसचिव नेपालले मानताका सहयोगी मन र उदार हात हुनुपर्छ भन्ने कुरा छात्र/छात्राले रकम संकलन गरी नयाँ उदाहरण दिएको बताए ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply