जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिन्छ । यसो गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔँः

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गरौँ

– कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ

– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ

– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ

– सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ

– गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गरौँ‍

‍- गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने नगरौँ

Leave a Reply