सुन्दरमात्रै होइन फूलले घरलाई पनि कुल बनाउँछन्। गर्मीमा तापमान सामान्य राख्न घरभित्र मौसम बोटबिरुवा लगाउँदा लाभदायक हुन्छ। वैज्ञानिकहरूका अनुसार यी बिरुवाले घरलाई कुल मात्रै राख्दैन् त्यसको सुगन्धले वातावरण पनि शुद्ध बनाउँछन्।
जास्मिन
विशेषज्ञका अनुसार गर्मीमा जसले सेतो रंगको फूललाई घरभित्र ठाउँ दिन चाहन्छन् उनीहरूले जास्मिन् समूहका फूललाई रोज्दा राम्रो हुन्छ। यी विरुवा सुन्दर हुनुका साथसाथै औषधि गुणले पनि भरिपूर्ण छन्। यी फूलहरूको विरुवाको मूल्य पनि धेरै पर्दैन।
सूर्यमूखी
सूर्यमूखी गर्मी मौसममा हुने विरुवामध्ये सबैभन्दा गुणकारी विरुवा हो। साथै सूर्यमुखीका विरुवाको हेरचाह गर्न पनि सजिलो छ। यो बढ्नका लागि ७ देखि ८ घण्टासम्मको घामको आवश्यकता पर्छ। वैज्ञानिक डा आरएस कटियारका अनुसार यो अस्थमा, क्यान्सर जस्ता बिरामीसँग लड्ने क्षमता राख्द छ।
बेला
यो विरुवा पनि धेरै कुरामा गुणकारी हुन्छ। बेलाको प्रयोग एरोमा थेरापीमा हुने गर्दछ। यसका साथसाथै अन्य गर्मीमा निस्किने सामान्य घाउ खटिरामा पनि लाभदायक मानिन्छ। जस्तै ; सानासान फोका, दाद, शरीर चिलाउने जस्ता समस्यालाई हटाउन प्रयोग गर्न सकिन्छ।
चमेली
गर्मी महिनामा घरमा चमेलीका बिरुवा लगाउँनु पनि उत्तम मानिन्छ। आयुर्वेदका अनुसार चमेलीको फूल छालसम्बन्धी रोगहरूलाई हटाउन मद्दत गर्दछ। यसको प्रयोगले पेटमा पेरका किरा पनि मर्छन्। साथै फूलको रसले अनुहार चम्किलो बनाउँछ।
चम्पा
चम्पा सुगन्धित फूल हो। यो फूल तनाव हुनेहरूका लागि गुणकारी मानिन्छ। चम्पाको सुगन्धले स्ट्रेस लेवल मेन्टेन हुने वैज्ञानिकहरू बताउँछन्। यसलाई घरमा लगाउँदा दिनमा ताजा महसुस हुन्छ।
मोगरा
यो फूल पनि गर्मी मौसम घरमा लगाउँदा राम्रो हुने बताइन्छ। यसको औषधि गुणहरू पनि छन्। यो फूलको इतरले कानको दुखाइ कम हुने गर्दछ। यसले मुख तथा आँखामा लाग्ने रोगहरूलाई लाभ दिन्छ।
जूही
जूहीको मन्द वास्नाले तन तथा मनलाई शान्ति दिन्छ। विज्ञहरूले गर्मी मौसममा यसको विरुवालाई घरमा लगाँदा पारिवारिक वातावरणमा शान्ति ल्याउन मद्दत गर्ने बताउँछन्।
कस्मस
कस्मस मौसमी विरुवा हो। यसको विकास सूर्यको किरणमा राम्रोसँग हुन्छ। यो ७ देखि १० दिनमा अंकुरित हुन्छन्। यसका लागि जमिनमा बीज छर्न र हल्का ढाकेर छोडिदिने गर्दा हुन्छ।
पोर्टुलाका
यो गर्मी र सुखा जमिनमा हुन्छ। यो फूल रंगीविरंगी हुन्छ। यव घाँस जस्तै जमिनमा फैलिन्छ। यो फूलको विकासका लागि घामको आवश्यकता पर्दछ।