घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडीबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समयसम्म नसुक्ने हुन्छ ।
लाभहरू:
१. गुर्जो शीतल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जिउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।
२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पूर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरूमा गुर्जो लाभकारी छ ।
५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी) हुन दिँदैन् ।
६. अम्लपित्त-अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
७. टिबी (क्षयरोग) का कीटाणुहरूलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जीवाणु कीटाणु तथा विषाणुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।
९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
१०. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।
१२. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।
सेवन गर्ने विधि :
“कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा” त्यसैले विधि तथा मात्रा उमेर, व्यक्तिको अवस्था तथा प्रकृति हेरेर मूल्यांकन गरेर सेवन गर्नुपर्ने भएकोले जडीबुटी प्रयोग गर्दा अनुभवी वैद्यको सल्लाह र रेखदेखमा मात्र प्रयोग गर्नुहोस्।
१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विधिअनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर, व्यक्तिको उमेर र रोगको अवस्थाअनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवि वैद्य वा आयुर्वेदिक चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नाले पूर्णरूपमा लाभ पाउन सकिन्छ ।
२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो (खल) वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकताअनुसार अन्य जडीबुटी तथा मसला पनि सँगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित बिहान पिउने ।
३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।
४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
५. हप्तामा १-२ पटक मात्र गुर्जोको जुस पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।
७. ताजा गुर्जोको सेवनले कम्तीमा ३ -४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ ।
ध्यानदिनु पर्ने कुराहरू :
१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा वीरेनुन मिलाएर आधा मात्रा खाने ।
२. गर्भवती , दूधपान गराइरहेका आमा, पाँच वर्ष मुनिका बच्चा, पखाला लागेका बिरामीले प्रयोग गर्नु हुँदैन ।
३. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका बिरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ, आदि भनिएको छ ।