सबैको चासो विषय हुन्छ आफूले गरिरेको व्यापार, व्यवसायमा सफलता प्राप्त कसरी गर्न सकिन्छ भन्ने। व्यापार, व्यवसाय, सानोतिनो उद्योगमा सफलता कसरी पाउने? यसका लागि योग गुरु बाबा रामदेवले केही टिप्स दिएका छन्। योग गुरु रामदेवले पताञ्जलीका उत्पादनहरुलाई कसरी बजारमा स्थापित गरे र उपभोक्ताको मन जित्न सफल भए भन्ने आधारमा सक्सेस टिप्स दिएका हुन्।

१. अवसर जहाँ पनि छ

कुनै पनि काम गर्नका लागि हामी उपयुक्त अवसर खोजिरहेका हुन्छौँ। कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खेर बस्नु नपर्ने बाबा रामदेव बताउँछन्।

उनी आफ्ना उत्पादनहरू बजारमा ल्याउँदाको उदाहरण प्रस्तुत गर्दै भन्छन्, ‘मैले पताञ्जलीको सामग्री बजारमा ल्याउनुअघि अनेकौ कम्पनीका एक से एक उत्पादनहरु थिए। त्यसले राम्रै बजार पनि कब्जा गरिरहेको थियो। उपभोत्ताले पत्याएका थिए। तर, यसको बावजुद पताञ्जलीलाई हामीले बजारमा उतार्‍यौं। र, त्यसले राम्रो बजार पनि पायो।’

उनले यस उदाहरणले बजारमा अन्य उत्पादन, व्यापारी तथा उद्योग छन्, उनीहरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर सोच्न नहुने कुरा प्रमाणित गरेको बताउँछन्। र उनले त्यहाँ जहिले पनि अवसर पर्खिरहेको बताउँदै आफूमाथि विश्वास गरेर उत्पादनहरूलाई बजारमा ल्याउन सुझाउछन्

२. मूल्यको महत्त्व बुझ्नुहोस्

बजारमा अरू कम्पनीले उत्पादन गरेका सामग्रीको गुणस्तरमा प्रतिस्पर्धा गर्नै पर्छ। यसका साथसाथै मूल्यसँग पनि प्रनिस्पर्धा गर्नुपर्छ। यदि सोही गुणस्तरको, सोही मात्राका कुनै पनि उत्पादन सस्तो मूल्यमा उपलब्ध गराउनु भयो भने उपभोक्ताले तपाईंको सामग्री नै रोजछन्। किनभने उपभोत्ताको लागि मूल्यको पनि महत्त्व हुन्छ ।

बाबा रामदेवका अनुसार पताञ्जलीका सामग्री किन बढी रुचाइयो भने यो तुलनात्मक रूपमा सस्तो पनि थियो। जबकि अर्को कम्पनीको चल्तीको ब्रान्डको मूल्य बढी राखिएको हुन्छ। त्यसैले तपाईंले आफ्नो उत्पादनलाई सम्भव भएसम्म सस्तो मूल्यमा उतार्नु भयो भने उपभोत्ताले लोभिनेछन्।

३. पैसा सही ठाउँमा लगानी

ठूला कम्पनीले आफ्नो उत्पादन बजारमा उतारेसँगै विज्ञापनका अधिक खर्च गर्छन्। पेपर एड, ब्रोडकास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौँ, करोडौँ खर्च गर्छन्। हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो। यसका लागि आफ्नो उत्पादनको मूल्यमा नै पब्लिसिटी खर्च पनि जोडिएको हुन्छ।

तर, तपाई आफ्नो सामग्रीका लागि अनावश्यक विज्ञपान गर्नु भएन भने तपाईंको व्यायभार बढ्दैन। फलतः उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तामाझ पुर्‍याउन सक्नुहुनेछ। बाबा रामदेव भन्छन्, पताञ्जलीले पनि विज्ञपानमा खर्च गरेको छ तर, धेरै फोकस भनेको ब्रान्ड प्रमोट गर्नमा भएको छ।

४. प्रोडक्ट आफैँ बोल्छ

तपाईंले विज्ञापन गर्नु वा मेरो उत्पादन राम्रो छ भन्दै हिँड्नु पर्दैन। तर, यसका लागि तपाईंको उत्पादन गुणस्तरीय हुनुपर्छ। यदि त्यसो भयो भने उक्त उत्पादनको गुणस्तर स्वमंले आफ्नो प्रचार गर्छ।

कुनै पनि उत्पादन गुणस्तरीय छ र मूल्य पनि तुलनात्मक रुपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन्, विज्ञापनको जरुरत छैन। बाबा रामदेब भन्छन्, पताञ्जलीले आफ्नो उत्पादनको फोकस क्वालिटीमा गरेको छ।

५. उपभोक्ता नै सर्वोपरी

आफ्नो उत्पादनको बजारीकरण वा सफलताको लागि तपाई उपभोत्तामैत्री हुनु आवश्यक छ। यदि उपभोत्ताको हित र फाइदा सोच्नु भयो भने तपाई स्वतः सफल हुनुहुन्छ। उपभोत्ताबाट जतिसक्दो लिने होइन, उनीहरुलाई दिने हो । गुणस्तरिय सामग्री, उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोत्ता मारमा पर्दैनन् । यसको परोक्ष फाइदा तपाईलाई नै मिल्नेछ।

Leave a Reply