गर्मी याममा दिउँसो घाम चर्कने गर्छ । कतिपयलाई गर्मी याम मन नपर्नुको कारण घाम चर्कनु हो । किनकि घामले शरीरमा असर गरिरहेको हुन्छ । घामका कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरू देखापर्न थाल्छन् । छाला सुक्खा हुने, डड्ने, फुस्रो हुने, रातो हुने लगायतका समस्याहरूका कारण गर्मी बढेसँगै यो चिन्ताको विषय हुनसक्छ ।
घाममा पाइने अल्ट्रा भायोलेटले गर्दा छालामा असर गरिरहेको हुन्छ। चिकित्सकहरूका अनुसार घाममा हुने अल्ट्राभायोलेट ‘बी’ ले अल्पकालीन रुपमा सुक्खा हुने, डड्ने, फुस्रो हुने, रातो हुने, चिलाउने र एलर्जी हुने गर्दछ भने दीर्घकालीन रुपमा छालामा पोतो आउने, डन्डिफोर आउने जस्ता समस्या देखिन्छ।जसले गर्दा हाम्रो छाला नराम्रोसँग प्रभावित हुने गर्दछ। अझ अनुहारको छालामा घामले अत्याधिक असर गर्दछ ।
कसरी जोगाउने घाममा छाला ?
स्वास्थ्य चिकित्सकहरूको अनुसार १० देखि २ बजे सम्मको घाममा धरै हिँड्दा अधिक मात्रामा छालामा असर गर्ने हुँदा यस समयमा घाममा हिँड्दा विशेष सावधानी अपनाउनु पर्छ।
सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउने सेललाई नोक्सान पुर्याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो। सूर्यबाट दुई प्रकारका अल्ट्राभायलेट किरण धर्तीसम्म पुग्छन्, युभिए र युभिबी। युभिबीलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ) ले रोक्न सक्छ।
यसको अधिक मात्राले युभिबी किरण रोक्न सहयोग गर्छ त्यसको लागि घरबाहिर निस्कँदा बडी लोसन, सनस्किन क्रिमको प्रयोग गर्ने, स्लिप भएको कपडा लगाउनुपर्छ। जसका कारण घामले छाला डढ्ने समस्याबाट जोगिन सकिन्छ, अनुहारको सुरक्षाका लागि सन ग्लास र माक्स प्रयोग गर्ने, समय–समयमा सफा रुमालले अनुहार पुछिरहने, घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग गर्ने आदि कार्य गर्न सकिन्छ। धेरैले एक पटक लगाएको सन स्क्रिम दिनभरका लागि हुने विश्वास गर्छन्।
तर, यस्तो गर्नु हुँदैन, सन स्क्रिन लगाउने तरिका पनि जान्नु जरुरी छ। प्रायः घरबाट निस्कनै लाग्दा ढोकामा पुगेर सनस्क्रिन लगाउँछन् । तर, घरबाहिर निस्किनुभन्दा १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ। दुई–तीन घण्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ। अक्सर सनस्क्रिन त्यस्तो मान्छेले लगाउनुर्छ, जो धेरै घाममा रहन्छन्। आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर सनस्किन क्रिम र लोसनको प्रयोग गर्नुपर्छ।