अब सासबाटै कोरोना संक्रमण परीक्षण, सिंगापुरले दियो प्रयोगको अनुमति
कोरोना भाइरस संक्रमणको पहिचानका लागि सिंगापुरमा नयाँ परीक्षण विधि प्रयोगमा ल्याइएको छ । यहाँ कोरोना परीक्षणका लागि अब ‘ब्रिथ’ अर्थात् स्वासको परीक्षण गरिने छ । यहाँको सरकारले यसको प्रयोगका लागि अनुमति पनि दिइसकेको छ । यो प्रविधिको सफ्टोवर सिंगापुर नेशनल युनिभर्सिटीले विकास गरेको हो । यसले ६० सेकन्डमा रिपोर्ट दिने दाबी गरिएको छ ।
मलेसियाबाट यात्रीहरू सिंगापुरमा पश्चिम भागस्थित तुआस चेकपोस्टबाट प्रवेश गर्छन् । यहाँ परीक्षणका लागि यो विधि अनिवार्य गर्ने बताएको छ । यदि यो विधिबाट परीक्षण गरिएका व्यक्तिमा पोजिटिभ रिपोर्ट आयो भने यसको पुष्टिका लागि फेरि पीसीआर परीक्षण गरिने छ ।
यद्यपि यहाँको सरकारले अहिले सबै यात्रीहरूको एन्टिजेन र्यापिड टेस्ट गर्दै आएको छ । साथै ब्रिथ टेस्ट पनि जारी छ । यता, यो विधिको विकासलाई सकारात्मक रूपमा लिँदै विज्ञहरूले परीक्षणको गति बढाउँदा कोरोनाबाट तहसनहस भएको पर्यटन ...