Sunday, November 3

Tag: स्वास्थ्य मन्त्रालय

भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय
जीवनशैली, स्वास्थ्य

भेरोसेल खोप लगाएकालाई ‘बुस्टर डोज’मा कोभिसिल्ड दिने निर्णय

सरकारले भेरोसेल लगाएकालाई बुस्टरको डोजका रूपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर/भेरोसेल खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । डब्लुएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसनले १ महिनाअघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो हुने बताएको थियो । यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो । त्यसैगरी, पहिलो मात्रा खोप लगाएकालाई...
अक्सिजन भरेर राख्न सातवटै प्रदेशलाई मन्त्रालयको निर्देशन
स्वास्थ्य

अक्सिजन भरेर राख्न सातवटै प्रदेशलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । संक्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए । 'जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिदैन । विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन', उनले भने, 'भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।' मन्त्रालयले आजै प्रतिनिधिसभा शिक्षा ...
नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै
प्रमुख समाचार, समाचार

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजा...