स्वच्छ भान्छा विकासको सूचक
कृष्ण अधिकारी
कार्भेपलाञ्चोक : गाउँनजीक दाउरा नहुँदा मकैका ढोड, प्लाष्टिक बालेर खाना पकाउनुपर्ने विगतका दुःखका दिन सम्झँदा मदनदेउपुर नगरपालिका–७ कुन्ताबेंसीकी सीता सापकोटालाई अहिले पनि सिरिङ बनाउँछ । दिनभरि लगाएर ल्याएको एक भारी दाउरा र ढोडले साता पुर्याउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर धुवाँमा बसेर खाना पकाउनु पर्दाको कठिनाइ, काला भाँडा र घर सफा गर्न घण्टौँ समय व्यतित गर्नुपर्ने अवस्थाबाट उनी अब मुक्त भएकी छन्।
उनको भान्छामा अहिले बायोग्यास, एलपी ग्यासका चुलो र इन्डक्शन छ। सीता भन्छिन्, ‘‘म प्रायः बायोग्यासमै दूध तताउने, तरकारी पकाउने गर्छु, खाना इन्डक्शनमा पाक्छ । बिजुली नभएको बेला मात्रै एलपी ग्यासको चुलो प्रयोग गरेको छु ।” एलपिजीभन्दा इन्डक्शन धेरैले सस्तो पर्ने उनको भनाइ छ । महिला स्वयंसेविकासमेत रहेकी उनी घरभित्रकै धुवाँका कारण अधिकांश महिला, बालबालिका विभिन्न स्वास्थ्य स...