Sunday, November 10

Tag: सामूहिक चिहान

पेरुमा बलि दिइएका २२७ बालबालिकाको सामूहिक चिहान, यस्तो छ रहस्य
विश्व

पेरुमा बलि दिइएका २२७ बालबालिकाको सामूहिक चिहान, यस्तो छ रहस्य

लिमा : दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविदहरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्त्वविदहरूले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । 'यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,' प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले बताए । क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए । उनले अझै पनि यस्त...