Sunday, November 10

Tag: शिक्षा मन्त्रालय

कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग
समाचार

कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग

सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ । कोरोना महामारीका कारण चीनमा अध्ययनरत धेरै विद्यार्थी अहिले पनि फर्किन पाएकाम छैनन् । विशेषगरी एमबीबीएस अध्ययनका लागि चीन गएका विद्यार्थीहरू मर्कामा परेका थिए ।...
बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाहीको चेतावनी
स्वास्थ्य

बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाहीको चेतावनी

सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, 'आयोगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।' राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्न सकिने उल्लेख छ । चिकित्सा शिक्षाको एमबिबिएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय...
प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि
प्रविधि

प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि

भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश-२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज (चैत्र १८ गते) बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ । प्रदेश २ मा एसइई अन्तर्गतका अनिवार्य विज्ञान, सामाजिक विषयका प्रश्नपत्र एकपछि अर्...