Monday, November 11

Tag: विष

सहकर्मीसँग बदला लिन शिक्षकले खुवाए बालबालिकालाई विष
प्रमुख समाचार

सहकर्मीसँग बदला लिन शिक्षकले खुवाए बालबालिकालाई विष

विद्यालय अध्ययनका लागि मात्र नभएर बालबालिकाको हेरविचार, उनीहरूलाई विद्यालय समयभर सुरक्षा दिने स्थलका रूपमा समेत मानिन्छ। अहिलेका मन्टेश्वरी, स्कुलका प्लेग्रुपमा बालबालिकालाई पढ्नेभन्दा स्वतन्त्रपूर्वक खेल्ने, खाने र सुत्ने लगायतका अतिरिक्त कृयाकलापलाई प्राथमिकता दिइने गरिएको छ। तर, त्यस्तै स्कुलमा बालबालिकाका असुरक्षित हुनसक्छन् भन्ने कुरामा अभिभावकहरूले कल्पना पनि गरेका हुदैनन्। चीनमा भने एउटा किन्डरगार्डनमा शिक्षकले नै बालबालिकामाथि डरलाग्दो कार्य गरेको विषय सार्वजनिक भएको छ। मध्य चीनको हेनान प्राप्तमा रहेको एउटा किन्डरगार्डनमा एक शिक्षकले २३ जना विद्यार्थीलाई विष खुवाइदिएको घटना सार्वजनिक भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। हेनान प्रान्तको जियाजोउस्थित मेङ्गमेङ्ग किन्डरगार्डनका बालबालिकालाई एक शिक्षकले नाइट्रेट मिसाइएको खानेकुरा दिएको बेइजिङ न्यूजले जनाएको छ। गत मार्च २५ का दिन किन्डरग...