Sunday, November 10

Tag: रमेश खरेल

रमेश खरेलको नेपाल सुशासन पार्टीले पायो दर्ता प्रमाणपत्र
प्रमुख समाचार, समाचार

रमेश खरेलको नेपाल सुशासन पार्टीले पायो दर्ता प्रमाणपत्र

नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल छन् । राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन् भने महासचिवको जिम्मेवारी गोविन्द गिरीले पाएका छन् । केन्द्रीय कार्यसमितिको सचिवमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट तथा कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहेका छन् । पार्टीले छिट्टै घोषणासभामार्फत सिद्धान्त, विचार र उद्देश्य जनतामाझ राख्ने उद्घोषसमेत गरे...